Breaking

जित्लान् शंकर र कोमलले रु मेटमणिको ओलीलाई चुनौती, शान्ता र गंगाको के होला भविष्य ?


काठमाडौँ — देशैभरि चुनावीमाहोल ताँत्दै जाँदालुम्बीनप्रदेशको राजधानीदाङको सरगर्मी पनिकम छैन । तीन वटा निर्वाचन क्षेत्र रहेको यहाँहेभीवेट उम्मेदवारहरुको प्रतिष्पर्धाले चर्चा थपचुलिदो छ । कलाकारबाट राजनीतिमाहोमिएकी कोमलओलीदेखि नेकपाएमालेका महासचिवहुँदै बहालवालामन्त्रीतथापूर्वमन्त्रीहरुको निर्वाचन क्षेत्र हो दाङ । दाङमाजम्मा ३ वटा निर्वाचन क्षेत्र छन् । ती ३ वटै निर्वाचन क्षेत्रमा हेभीवेट नेताहरु प्रतिष्पर्धामा छन् । कुनै समय सबै क्षेत्रमै क्लिन स्वीप गरेको माओवादीको आधार ईलाकामानिएकोदाङमापुनःआफ्नो विरासतफर्काउने दाउमा छमाओवादी । यता स्थानीयतहको मत परिणामलाई आधार मान्दै गठबन्धनलाई पराजितगर्ने तयारीमाएमाले रहेको छ ।

दाङ निर्वाचन क्षेत्र नम्बर १ मा झण्डै २ वर्षअघिसम्म सँगै सहकार्य गरेका सहकर्मीबीचप्रतिष्पर्धा हुँदै छ । गठबन्धनका उम्मेदवार मेटमणी चौधरीसँगै नेकपाएमालेका उम्मेदवार शान्ताचौधरी र लौरो अभियानकीगंगाचौधरीबीचप्रतिष्पर्धा हुने भएपछि यहाँको चुनावीमाहोल रोचक बनेको छ । चुनावअघिसम्मशान्ता र गंगा एउटै धारमाउभिएपनिअहिले एकआपसमा भिड्दा एमालेको मतबाढिएको छ । जसको प्रत्यक्षफाईदा मेटमणीलाई पुग्ने देखिन्छ । थारु समुदायको बाक्लो बसोबास रहेको यहाँएमालेलाई जनजातीविरोधीको ट्यागलगाउँदै मेटमणी जनतामाझपुगेका छन् । एमालेमा रहँदा एउटै सिद्धान्त बोकेका यी ३ सहित १४ जनाले यस क्षेत्रबाट प्रतिनिधि सभाकालागिउम्मेदवारी दिएका छन् ।

गतप्रतिनिधि सभाको निर्वाचनमा नेकपामाओवादीकाउपाध्यक्षकृष्णबहादुर महरालाई सभामुखको कुर्सीसम्मपुर्याएको दाङ २ को नतिजाले राष्ट्रिय राजनीतिमा समेत प्रभाव पर्ने देखिन्छ । यहाँपूर्वमुख्यमन्त्रीतथामन्त्रीसमेत भैसकेकाएमालेका महासचिवशंकर पोख्रेल र माओवादीकी रेखाशर्माबीचमुख्यप्रतिष्पर्धाहुने देखिन्छ । यद्यपि, महराको ठाउँमा महिलालाई प्रतिष्पर्धी पाएको एमालेले भने सहज ठानेको छ ।

लुम्बिनीप्रदेको स्थायी राजधानी रूपेन्देहीबाट दाङ सारेका पोखरेलको पछिल्लो समय दंगालीमाझराम्रो छाप छ । त्यसैलाई भोट तान्ने प्रमुख अस्त्र बनाएकापोखरेलले देशमाद्वन्द्वनिम्त्याउने नै कांग्रेस र माओवादी रहेको आरोप लगाउँदै आएका छन् । सत्ता गठबन्धनका प्रमुख नेता प्रचण्डले गठबन्धन शान्तीप्रकृयाको दुई पक्षधर भएको दावीगरिरहदापोखरेल भने देशको समस्या नै यही गठबन्धनक भएको दावी गर्छन् ।

दाङ ३ मापूर्व सिंचाईमन्त्रीसमेत रहेका कांग्रेस नेतादीपकगिरी र राप्रपा छोडेर एमाले प्रवेश गरेकी कोमलओलीबीचमुख्यप्रतिष्पर्धा हुँदैछ । मन्त्रीहुँदाविकास निर्माणका काममार्फत दंगालीहरुबीच राम्रो छाप छोडेका गिरी र गायनकलामार्फत मतदाता रिझाई रहेकीओलीबीचको प्रतिष्पर्धाले देशको ध्यानआकर्षण गर्न सफलभएको छ ।

त्यस्तै, कांग्रेसबाट लामो समय राजनीति गरेका हेमन्तबहादुर मल्लले पनियसै क्षेत्रमार्फत स्वतन्त्रउम्मेदवारी दिएका छन् । कांग्रेसमाआस्था राख्ने भएपनि पार्टीले सिद्धान्त विपरीत गठबन्धन गरेपछि कांग्रेसविरद्ध र प्रजातन्त्र रक्षाकालागिउम्मेद्वारी दिनु परेकोउनको भनाई छ ।

दाङको निर्वाचनलाई चर्चित अनुहारले रोचक त बनाएको छ नै, साथै देशैभर महिलाउम्मेदवार कमभएको आवाज उठ्दा त्यहाँभने ३ वटै निर्वाचन क्षेत्रमाठुला दलले नै महिलाउम्मेदवारलाई अवसर दिएका छन् । दाङका सबै निर्वाचन क्षेत्रमामुख्यप्रतिष्पर्धी नै महिलाहुँदा‘हेभिवेट’ पुरूषउम्मेदवारसँगको भिडन्तलाई चासोका साथ हेरिएको छ ।