Breaking

ओली र लिङदेनको अचम्मको गठजोड, ओलीको साथमा सांसद बन्ने लिङदेनको सपना, विचार नमिल्नेका कस्तो गठबन्धन ?


काठमाडौँ — सत्ता गठबन्धन विरुद्ध एक्लै लड्ने घोषणा गरेर अन्ततविचार नै नमिल्ने दलहरुसंग तालमेल गरेका एमाले अध्यक्षओलीअहिले राप्रपाअध्यक्षलिङदेनलाई भोट मागिरेहका छन । एकातर्फ परम्पर विरोधीकार्यशैली देखिएको जसपा र अर्को तीर बाटो नै फरक रहेको राप्रपालाई लिएर हिडेका ओलीले लिङदेनको जितलाई आफ्नो ईज्जत कै रुपमाअथ्र्याउनथालेका छन ।

सत्ता गठबन्धनलाई लोभीपापी र विचार नमिल्नेको झुण्ड मान्ने एमाले अध्यक्ष केपीशर्मा ओलीकागतिविधि पछिल्लो समय नाटकीय बन्नथालेका छन् । अरुलाई जुनविषयमागालीगर्यो त्यहि बाटो हिड्ने उनीअहिले आफ्नो ईज्जत राप्रपाअध्यक्ष राजेन्द्र लिङदेनको जितमा देख्न थालेका छन । एकातर्फ अग्रमन र प्रतिगमनभन्दै गालीगलौचमै उत्रिएकाउपेन्द्र यादव र अर्कातर्फ राजतन्त्रकापक्षधर लिङदेन वोकेर हिडेका उनी यो तालमेललाई राष्टहितको आवश्यकताका रुपमाअथ्र्याउनथालेका छन ।

एकातर्फ यो व्यवस्था र संविधान नै सिध्याउनलागेको आरोप खेपेका उनकायीगतविधिले सत्ताघटक दललाई भने मसलामिलेको छ ।झापामाएमाले र राप्रपाबीचचुनावीतालमेल रहेको छ । राप्रपाको भागमा एउटा र बाँकीचारमाएमालेकाउम्मेदवार रहेका छन् । जसमाझापा ३ मा राप्रपाअध्यक्ष लिङ्देनको उम्मेदवारी रहेको छ । झापा ५ बाट अध्यक्षओलीउम्मेदवार रहेका छन् । तर सिंगो राप्रपा र अन्य नेताप्रतिअनुदार देखिएकाओलीलिङदेनकालागिभने भोट नै मागिरहेका छन ।

सत्ता गठबन्धनका दलहरुलाई लिएर तितो ओकल्ने उनले एमालेको इज्जतकालागिभएपनिझापा ३ बाट लिङ्देनलाई विजयी गराउनुपर्ने बताउनथालेका छन् । आफ्ना नेताकार्यकर्तालाई एमालेले समर्थन गरेका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै भोट दिननिर्देशनदिएकाउनमायसपटक राप्रपा राष्ट्रिय पार्टी बन्ने आशा छ भने उसैको समर्थनमामुल ढोकाबाटै सिहंदरवार पस्ने आशा छ ।

एकातर्फओलीकोयात्राप्रतिगमनभएको र उनी वयलगाडा सिद्धान्तका व्यक्तिभएको सत्ताघटकले आरोप लगाउन छाडेका छैनन् । यहिआक्षेपकावीचओलीको चालेका पछिल्ला कदमले आक्षेपलाई अझवलपुर्याएको छ । यताएमालेसंग तालमेल गरे काठमाडौँ १ मा रविन्द्र मिश्रले जित्ने सम्भावनाभएपनिचुपचाप बसेका लिङदेनको ओली प्रेम पनिविचित्रको देखिएको छ ।एमालेबाट उठेका वागीका कारण तर्सिका उनीराष्ट्रलाई अफ्ठ्यारो पर्दा एमाले र राप्रपा एक ठाँउमा उभिने रुपमायसलाई अथ्र्याउनथालेका छन ।

०७४ को चुनावमाएमाले र माओवादीको समेत साथपाएर अत्यधिकमतले जितेका राजेन्द्र लिङदेनकालागि यसपटक झापा ३ बाट जितनिकाल्नु यसैपनिजोखिमपूर्ण देखिएको छ। पार्टी फुटेका कारण कमलथापा नेतृत्वको राप्रपा नेपालबाट पनिउम्मेदवारी परेको तथागत स्थानीयचुनावमाकांग्रेसको मतएमाले र राप्रपाको तुलनामाबलियो देखिएबाटै जोखिममा रहेका लिङदेनलाई माओवादी–कांग्रेसको गठबन्धन बनेपछि अझचुनौतीथपिदिएको छ । फलत झापा ५ मा असुरक्षित महसुस गरेपछि क्षेत्र नं. ३ माएमालेलाई साथदिएर आफ्नो पनिदुनो सोझाउने आशामालिङदेन देखिएका छन ।

हुन तआफ्नो क्षेत्रमावलियो नै रहेकाओलीलाई लिङदेनको साथजतिचाहिएको छ त्यो भन्दा वढि साथ लिङ्देनलाई चाहिएको छ । तर गठबन्धनका कारण चुनौती महसुस गरेका कारणमात्र ओलीले लिङदेनलाई वोकेका छन भनेर विश्वास गर्न सकिन्न । बरु आफूलाई विगतमापनिहिन्दुवादी देखाएकाउनी राप्रपाको तालमेल यहिविषय र राष्ट्रियता उछाल्न सहयोग सिद्ध हुने ओलीलको आशाहुन सक्छ । राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा बोकेका लिङ्देनलाई काखीच्याप्दात्यसको असर निर्वाचनमाएमालेलाई कस्तो पर्छ भन्ने विषयनिर्वाचन पछि मात्रखुल्ने देखिन्छ ।