Breaking

सोलुमा सशक्त बन्दै एमाले,कांग्रेसकोे विरासत भत्काउने अठोट पूराहोला ?


काठमाडौँ — संसदीय निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल तथा उम्मेदवारहरु चुनाव लक्षित गतिविधिमा सक्रिय हुन थालेका छन । दलका भातृसंगठनहरुले समेत चुनाव केन्द्रित बन्न थालेका छन । यो मामिला प्रमुख प्रतिपक्ष नेकपा एमाले थप आक्रमक छ । २०७४ को निर्वाचनमा कम्युनिस्ट शक्ति एक भएर सोलुखुम्बुमा काँग्रेसको विरासत ढाल्न सफल नेकपा एमाले यो पटक एक्लै सत्ता गठबन्धनमाथि हाबी हुने तयारीमा छ । राष्ट्रिय राजनीतिमा राम्रो दख्खल राख्ने गठबन्धनका उम्मेदवार बल बहादुर केसीको विरासत अन्त्य गर्दै एमालेको झण्डा फहराउने लक्ष्य सहित एमाले अगाडि बढेको छ ।

जिल्लामा मात्र नभई काठमाडौमा रहेका मतदातासँगसंगठनात्मक रुपमै भोट अपिल गरिरहेका छन । शनिवार नेकपा एमाले सोलुखुम्बु–काठमाडौ सम्पर्क मञ्चले काठमाडौमा चुनावी भेला आयोजना गर्यो । केन्द्रिय वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको प्रमुख आतिथ्यमा आयोजित चुनावी सभामा नेकपा एमालेबाटप्रतिनिधि सभा सदस्यका उम्मेदवार मानवीर राईले प्रदेश (क) का उत्तमकुमार बस्नेत , (ख)का उम्मेदवार बुद्धिकुमार राजभण्डारीले आफ्नो चुनावी एजेन्डा जनतामाझ प्रस्तुत गरेका छन ।

२०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य बनिसकेको बस्नेत र राजभण्डारीले सोलुखम्बुको निरन्तर विकास र यसअघिका कार्यकालमा पुरा गर्न नसकेको कामहरुलाई पूर्णता दिन र समग्र सोलुखुम्बुको विकासका लािग सुर्यमा भोट हाल्न अपिल गरेका छन ।

एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानवीर राईले सोलुखुम्बुको विकास र समृद्धिका लागि मात्र नभई सोलुखुम्बुमा नयाँ राजनीतिक अध्यायको सुरुवातका लागि पनि यो पटक एमालेको विकल्प नरहेको दावी गरेका छन । कार्यक्रममा सम्बोधन गर्दै पार्टीको वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले यो निर्वाचन एमालेले जसरी पनि जित्नु पर्ने जिकिर गर्दै सोलुखुम्बुमा एमालेका उम्मेदवार जिताउन सहकार्य र समन्वयमा जोड दिन आग्रह गरेका छन । चुनावी रणनीतिमा ध्यान दिन नेता कार्यकर्तालाई उनले निर्देशन समेत दिए ।

हिमाली जिल्ला सोलुखुम्बुमा एक मात्र निर्वाचन क्षेत्र छ । प्रदेशसभा र प्रतिनिधिसभामा अन्य निर्वाचन क्षेत्रमा जस्तै यहाँ पनि सत्ता गठबन्धन र एमालेबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । उम्मेदवारहरु आ आफ्ना एजेण्डासहित चुनावी मैदानमा छन । एमालेले प्रदेशसभामा यसअघिकै उम्मेदवारलाई दोहो¥याएको छ भने केन्द्रीय सदस्य राईपहिलो पटा प्रतिनिधिसभा निर्वाचनमा प्रतिष्पर्धा गर्दैछन् । कांग्रेसको गढ मानिने सोलुखुम्बुमाउसको विरासत भत्काउदै जित हासिल गर्न एमाले कत्तिको सफल होला ? यस विषय चासोपूर्ण बनेको छ ।