Breaking

के–के विषय समेटिएको छ कांग्रेसको घोषणापत्रमा ? के भन्छन डा.स्वर्णिम वाग्ले ?


काठमाडौँ — नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुन गैरहेको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिको आधार, नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ नारासहित सार्वजनिकघोषणा पत्रमा के के विषय समेटिएको छ त ? समतामूलक र न्यायपूर्ण समाजमा नागरिकको जन्मदेखि मृत्युसम्म सामाजिक सुरक्षाका दृष्टिले राज्यका केही निश्चित आर्थिक तथा सामाजिक दायित्व हुने विषय उल्लेख गरी नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ।योजना आयोगका पूवउपाध्यक्ष डा.गोविन्द अधिकारी देखि अन्तराष्ट्रिय छवी बनाएका स्वर्णीम वाग्लेसम्म रहेको समुहले बनाएको घोषणापत्रमा प्रत्येक नेपाली नागरिकले सम्मानित जीवनयापन गर्न सक्ने गरी एकीकृत सामाजिक सुरक्षा अवधारणा ल्याइएको उल्लेख गरिएको छ ।

तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्नुलाई संविधान विरोधी कार्य भन्दै लिखित रुपमै अघि सारेको कांग्रेसले प्रतिनिधिसभा विघटन नगर्ने कुरामा प्रतिवद्ध रहेको घोषणा पत्रमा उल्लेख गरेको छ । अवको नेतृत्व कस्को भन्नेमै घटक दलमै एकमत नरहेको अवस्थामा समुन्नत नेपालको परिकल्पना र संविधानको रक्षा गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अठोट घोषणापत्रमा गरिएको छ ।घोषणापत्रमा पाँच वर्षभित्र १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र न्यूनतम् वार्षिक सात प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने प्रतिबद्धता जनाएको छ ।‘

ओम्निबस’ आर्थिक सुधारको नयाँ चरण प्रारम्भ गर्दै अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश पाँच दशमलव छ प्रतिशतबाट नौ प्रतिशत कायम गर्ने नीति लिइएको छ । घोषणापत्र निर्माण समितिमा रहेका स्वर्णीम वाग्लेले घोषणापत्रमा डिजिटलाइजेसन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय र वार्षिक करिब अढाई लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनीयताका आधारहरु समावेश गरेको बताएका छन ।

कांग्रेसले पाँच वर्षको अवधिमा गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच अभिवृद्धि गर्दै सबैलाई स्वास्थ्य बिमा, सवल स्वास्थ्य प्रणालीको अवधारणासहित ‘तीन त्रिहत्तर’ को अवधारणा अघि सारेको छ । तीन वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरिने उल्लेख गरिएको घोषणापत्रमा स्वास्थ्यविमा मार्फ गम्भिर प्रकृतीका रोगको उपचारको सुनिश्चितता गर्ने बताईएको छ ।आगामी पाँच वर्षमा राष्ट्रिय परिचयपत्र स्मार्ट कार्डका माध्यमबाट कोखदेखि शोकसम्मका कार्यक्रमको एकीकृत सामाजिक सुरक्षा प्याकेज लागू गरिने विषय कांग्रेसको घोषणापत्रमा समेटिएको छ।

वृद्धभत्ता प्रतिमहिना ५ हजार रुपैयाँ पु¥याउने कांग्रेसको घोषणापत्रमा उल्लेख छ।‘स्वच्छ ऊर्जा उत्पादन ः दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ आगामी पाँच वर्षमा विद्युतीय ऊर्जाको उत्पादनमा उल्लेख्य प्रगति गर्ने लक्ष्य राखेको छ भने नेपालीको घरायसी, कृषि र उद्योग व्यापारको आवश्यकता परिपूर्ति गरी प्रतिव्यक्ति विद्युतीय ऊर्जा खपत एक हजार दुई सय युनिट पु¥याइने लक्ष्य राखिएको छ ।पूर्वाधार क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा अघि बढाउने, भौतिक पूर्वाधार सबै नेपालीलाई एकापसमा जोड्ने तथा उपलब्ध सेवामा सहज पहुँच बढाउन, सहर र गाउँबीचको असमान विकास कम गर्न त्यसलाई उच्च प्राथमिकतामा राखिएको कांग्रेसले स्पष्ट पारेको छ ।

संविधान रक्षा र स्थिरतालाई जोड दिईएको घोषणापत्रमा सुत्केरी भत्ता ५ हजार पुर्याउने देखि स्यानेटरी प्याड निशुल्क गर्नेसम्मका योजनाहरु समेटिएका छन । जहाँ आधा घण्टाभित्र पक्की सडकमा पुग्ने जनसङ्ख्या ७५ प्रतिशत पु¥याउने, सुरक्षित घरमा बस्ने परिवार सङ्ख्या ५५ प्रतिशत पु¥याउने, विद्युतीय ऊर्जाको उत्पादन १० हजार मेगावाट पु¥याउने, ४ सय केभीएको पूर्वपश्चिम प्रसारण लाइन सम्पन्न गर्ने, वार्षिक २० लाख पर्यटक भित्र्याउने र दैनिक पर्यटक खर्च १ सय डलर पु¥याउने जस्ता संकल्प समेत गरिएका छन ।