Breaking

टेलिफोन सम्वादपछि फेसबुकमा राख्न ओलीले मागे सर्वसाधारणसँग तस्वीर


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थप सक्रियता बढाएका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा लगातार गइरहेका ओली काठमाडौं लगायत अन्य क्षेत्रको गतिविधिमा पनि सामेल हुँदै आएका छन् । फेरि पनि प्रधानमन्त्री बन्ने दौडमा रहेका ओलीले भर्चुअल गतिविधिमा पनि सक्रिय भएका छन् । केही दिन अगाडि ४ कात्तिकमा मात्रै आफ्नो फेसबुक पेजमा फोन नम्बर पठाउनेहरुसँग ओलीले कुरा गरेका थिए । कुरा गरेकामध्ये केहीसँग सम्वाद सार्वजनिक गरे ।

टेलिफोन सम्वादपछि ओली तस्वीर माग्दै फेसबुक पेजमा पोष्ट गर्नतिर लागेका छन् । थाहै नपाइ कति धेरै साथीहरुसँग यस्ता सेल्फी खिचिएका होलान् साथीहरुले मसँग खिचेका तस्वीरहरु फेसबुकको कमेन्ट बक्समा पठाउनु भयो भने म समय मिलाएर हेर्नेछु’, केही तस्वीरसहित ओलीले शनिबार फेसबुकमा लेखेका छन् । ५ कात्तिक बिहान आफ्नै निवास बालकोटबाट देखिएको सूर्योदयको दृश्य राखेर ओलीले तस्वीर माग्न थालेका हुन् । ओलीले आफ्नो फेसबुकको म्यासेज बक्समा तस्वीर पठाउन आग्रह गर्दै आएका छन् ।