Breaking

कोभिड महामारीमा भएको मानवीय क्षतिको मुख्य जिम्मेवार ओली रहेको नेपाली कांग्रेसको आरोप


काठमाडौँ — नेपाली कांग्रेसले कोभिड महामारीका कारणले भएका मानवीय क्षतिको जिम्मेवार नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भएको आरोप लगाएको छ । शनिबार सार्वजनिक गरेको घोषणा पत्रमा कांग्रेसले ओलीमाथि उक्त आरोप लगाएको हो । कोभिडको कारणले लाखौं संक्रमित र हजारौं बढी नागरिकको मृत्यु भइसकेको मानवीय संकटको घडीमा समेत नागरिकको स्वास्थ्यमा खेलवाड गरी कमिसनको खेलमा सरकार डुब्यो ।

जनताको स्वास्थ्यप्रति यो हदसम्मको अनुत्तरदायी र असंवेदनशील सरकार नेपालको इतिहासमा अहिलेसम्म थिएन,’ घोषणा पत्रमा भनिएको छ, ‘कोभिडको कारणले जति पनि मानवीय क्षति भयो, त्यसको लागि नेकपा सरकार र पूर्व-प्रधानमन्त्री ओली प्रमुख रूपमा जिम्मेवार हुनुहुन्छ भन्‍दा अत्युक्ति हुने छैन । यस्तै, ओलीले सरकार चलाउँदा ४१ महिना पूर्ण रूपमा खेर फालेको पनि आरोप कांग्रेसले लगाएको छ ।