Breaking

अमेरिकी सभामुखका श्रीमान्‌माथि आक्रमण


काठमाडौँ – अमेरिकी संसद्की सभामुख नेन्सी पेलोसीका श्रीमान् पाउल पेलोसीमाथि उनकै घरमा आक्रमण भएको छ । उनीमाथि ह्यामरले आक्रमण गरिएको बीबीसीले उल्लेख गरेको छ ।

समाचारमा उल्लेख गरिएअनुसार आक्रमणको कारण उनको दायाँ हातको हड्डी फुटेको छ भने उनको शल्यक्रिया गरिएको छ ।

संदिग्ध आक्रमणकारीले नेन्सी पेलोसीलाई खोज्दै पाउलमाथि आक्रमण गरेका थिए । यो आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले ४२ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।

अहिलेसम्म आक्रमणकारीले किन नेन्सी पेलोसीलाई खोजेका थिए भन्ने खुलेको छैन । आक्रमणको समयमा पेलोसी वासिङटन डीसीको अर्को क्षेत्रमा थिइन् । आक्रमणपछि उनी आफ्ना श्रीमान्‌लाई भेट्न अस्पताल पुगेकी थिइन् ।

डेमोक्रेट्सका प्रवक्ताले दिएको जानकारीअनुसार शुक्रबार बिहान पाउल पेलोसीमाथि आक्रमण भएको हो । आक्रमणकारीले नेन्सी पेलोसीलाई खोज्दै पाउललाई ज्यान मार्ने धम्कीसमेत दिएका थिए । पाउलको शल्यक्रिया गरिएको र उनी अब छिटै निको हुने चिकित्सकहरुले बताएका छन् ।