Breaking

नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने


काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ । ‘संकल्प पत्र’ नाम दिइएको चुनावी घोषणापत्र शनिबार (१२ कात्तिक) बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम रहेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

यसअघि कांग्रेसले गत आइतबार साँझ ५ बजे ‘डिजिटल’ घोषणापत्र सार्वजनिक गर्ने भनिएको थियो । तर, सभापति देउवा काठमाडौँ बाहिर रहेका कारण अन्तिम समयमा स्थगन गरिएको थियो ।

त्यसपछि सोमबार बिहान साढे १० बजे घोषणा गर्ने भनिएको कार्यक्रम पनि अन्तिम समयमा स्थगन गरिएको थियो ।