Breaking

फेवा तालको स्वरुप र शैलीमा तयार भयो तालपोखरी, पर्यटक झुम्मिन थाले


काठमाडौँ—पाल्पाको रामपुरमा रहेको तालपोखरा आन्तरीक तथा बाह्य पर्यटकको मुख्य रोजाई बन्दै गएको छ । कास्कीको फेवा तालको स्वरुप र शैलीमा पूर्वाधार निर्माण गरिएसँगै यतिबेला तालपोखरामा जाने पर्यटकको उल्लेख्य वृद्धि हुन थालेको छ । पूर्वी पाल्पाको रामपुरमा रहेको तालपोखरा यतिबेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ । बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जो कोहीको रोजाईमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको संख्यमासमेत वृद्धि हुँदै जान थालेको हो ।

फेवा तालको झल्को मेटाउने तालपोखरा दुई दशक अगाडिसम्म सानो पोखरीमा सिमित थियो । तालपोखरालाई क्षेत्र बिस्तार गरी कास्कीको फेवा तालको स्वरुप र शैलीमा पूर्वाधार निर्माण गरिएसँगै यतिबेला तालपोखरामा जाने पर्यटकको उल्लेख्य वृद्धि हुन थालेको छ । तालपोखरालाई लुम्बिनी प्रदेश सरकारले एक सय पर्यटकीय गन्तव्य स्थलका रुपमा घोषणा गरेपछि यहाँ पर्यटकको चहलपहल अझ बढेको स्थानीयहरुको भनाइ छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरलेसमेत दाहिने परेकोे यस तालमा पाल्पासहित छिमेकी जिल्लाहरु रुपन्देही, स्याङ्जा, तनहु, पूर्वीनवलपरासी लगायतका जिल्लाहरुबाट अवलोकनको लागि पर्यटकहरु पुग्ने गरेका छन् ।

स्थानिय नगर सरकारले समेत पर्यटन प्रवद्र्धनका लागि डुंगा दौड प्रतियोगिता समय समयमा सञ्चालन गर्दै आएको छ । तीन वर्ष कोभिड १९ का कारण थला परेको पर्यटन व्यवसाय पछिल्लो समयमा सर्वसाधारणलाई खुला गरिएपछि आन्तरिक पर्यटकको मुख्य रोजाईमा तालपोखरा परेको छ । तीन तहकै सरकार र पर्यटन बोर्डलेसमेत अबका दिनमा हातेमालो गरेर अगाडि बढेको खण्डमा विदेशी पर्यटकको अध्ययन र अवलोकनको मुख्य गन्तव्य ताल पोखरा बन्ने विश्वास स्थानियको छ ।