Breaking

तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु, देशभरका घाट, नदी तथा पोखरीहरु झकिझकाउ


काठमाडौँ— दशैतिहार सकिन नपाउँदै नेपालीहरुको अर्को महान पर्व छठ भित्रिएको छ । छठ मनाउन काठमाडौँ छाड्नेहरुको संख्या बढ्दो छ । देशभरका घाट नदी किनार तथा पोखरीहरु सिँगार्ने काम सुरु भएको छ । पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव वासमा रहँदा आफ्नो गुप्तवास सफल होस् भनीे सूर्यदेवको आराधना गरेका थिए । पाण्डवहरु विराट राजाको दरबारमा गुप्तवास बसेको महाभारतमा उल्लेख छ । सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको मानिन्छ । दशै तिहार सकिएलगत्तै नेपालमा छठ पर्व भित्रिने गर्दछ । दशैतिहारको रहलपहल सकिन नपाउँदै कति मानिस छठ मनाउँकैका गाउँ काठमाडौं उपत्यका छोड्न थालेका छन् । छठ मनाउँनको लागि देशभरका घाट, नदी किनारा तथा पोखरीहरु सझाउन गालिएको छ । दशैतिहार घरमा मनाइन्छ भने यो पर्व घाट वा पोखरीमा गएर मनाउँने परम्परा छ । छठ पर्वले राष्ट्रिय रुप लिएको १० वर्षा नाघिसक्यो ।

राष्ट्रपतिदेखि र जनप्रतिनिधिहरुले उल्लासपूर्वक यो पर्वमा सहभागिता जनाउँदै आएका छन् । यो पटक पनि राष्टपति मेयर उपमेयर सहभागी हुनेमा आयोजक टिम भने ढुक्क देखिन्छ । वितेका दुइ वर्ष कोराना महामारीका कारण प्रभावित बनेको यो पर्व यसपाली हर्सोल्लासका साथ मनाउने तयारीमा सर्वसाधारण जुटेका छन् । कुनै समय तराई मात्र मनाइने छठ अहिले देशभर मनाइने गरिन्छ । काठमाडौँको गौरीघाट, कमलपोखरी थापाथली अन्य स्थानमा तयारीको अन्तिम अवस्थामा पुगेको छ । यसपटक रानीपोखरी निर्माणको काम पूरा नभएकोले त्यहाँ यो पर्व मनाउन रोक लगाइएको छ । भक्तजनहरुलाई सहजताको लागि आयोजकले उपत्यकामा कुपन सिस्टम नै ल्याएको छ । छठलाई हर्षउल्लास साथ मनाउँने वातावरण बनाउन दशै अगाडिबाट तयारी थालिएकोे आयोजक टिमले जानकारी दियो । पशुपति नजिकै रहेको गौरीघाटमा पनि छठ तयारी भने भब्य रुपमा भइरहेको छ । पशुपति बिकास कोषले ३ लाख सहयोग गरेको छ भने अरु रकम आयोजक टिमले ब्यवस्थापन गरेको छ ।

सूर्यको पूजा आराधना गर्ने यो पर्व विधिवत रूपमा कार्तिक शुक्ल चतुर्थी तिथिको दिनबाट सुरुवात हुन्छ । छठ अवधिभर माछा, मासु, लसुन, प्याज, कोदो, मुसुरो, उसिनेको चामल लगायतका खानेकुरा खानु हुदैन भन्ने मान्यता छ । छठ पर्वमा व्रत बसे दुःख दरिद्रताबाट मुक्ति मिल्न बिश्वास रहिआएको छ । मुख्यत सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई लिएर उपत्यकाका भक्तजनहरु निकै उत्साही देखिएका छन् । केही वर्ष पहिलेसम्म तराईका मधेसी समुदायले मात्र मनाउने यो पर्व पछिल्लो समयमा भने काठमाडौँलगायत पहाडी क्षेत्रका मानिसहरुले पनि विधिवत रुपमा मनाउँदै आएका छन् ।