काठमाडौँ— निर्वाचनको दिन नजिकिएसँगै उम्मेदवार आफ्नो पल्ला भारी गराउन चुनाबी मैदानमा होमिएकाछन् ।दलिय संगठन बलियो भएका दलमात्र होइन, दलिय व्यवस्थाको फाइदा उठाउदै यति बेला साना दलपनि ठूला दलको बुई चढेरै सदन छिर्ने दाउँमा छन् । आफुलाई दलिय व्यवस्थाका हिमायती भन्ने राजनीतिक दलका नेताहरु यति बेला सदन छिर्न जोडबल गरेर लागि परेकाछन् । आसन्न मंसिर ४ को निर्वाचन उनिहरुलाई लागि संसद छिर्ने फलामे गेट हो ।
जनता रिझाउन नसके पाँच वर्षको लागि यो ढोका बन्द हुने निश्चित छ ।अझ बढि यसको सकस साना दलमा देखिएको छ । दलको अस्तित र संसदीय यात्राका लागि साना दलले ठूला दलको फेरो समातेर संसदको यात्रा तय गर्न यति बेला छिर्के दाउँ हानिरहेकाछन् । पार्टीमा प्रभावशाली नेता कमल थापालाई लडाएर राप्रपाको नेतृत्व सम्हालेका राजेन्द्र लिङदेनले झापामा एमालेसँग चुनाबी एकता गरेकाछन् । यस अघि पनि २०७४को आम निर्वाचनमा एमालेको साथ पाएका लिङदेनले अहिलेकै प्रतिस्पर्धि कांग्रेस नेता कृष्ण सिटौलालाई पराजित गरेका थिए । यस पटक पनि लिङदेन एमालेसँग लेपासिएर संसद छिर्ने दाउँमाछन् । राजनीतिमा चतुर मानिएका लिङदेनले एमालेसँगको गठबन्धनलाई गलत भन्न नमिल्ने दाबी गरेकाछन् । सत्ता घटक कांग्रेस माओवादीसहितका अन्य दलहरु एक ढिक्का भएपछि आफुहरुले तालमेलको महसुसर गरेको उनको जिकीर छ । तर लिङदेनले जति चिल्ला कुरा गरेपनि दाउभने संसद छिर्नेनै हो ।
यस अघि पनि संसदीय यात्रा तय गरिसकेका उनले सायद एमालेको साथ विना आफ्नो संसदीय यात्राअपुरो हुने बुझेरै होलाफेरि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हातमिलाएकाछन् ।तर गठबनधनको साथ पाएका उनका प्रतिस्पर्धी सिटौला पनि यस पटक जबरजस्त रुपमा लागेकाछन् । त्यसैले पहिलाकै तुलानमा लिङदेनलाई सहज भने छैन् । तर साना राजनीतिक दलका नेताहरुले ठूला दलको फेरो नसमाती संसदीय यात्रा तय गर्ने आँट गरेकाछैनन् । राजनीतिक र कुटनितीको छलकपट जानेका नेताहरु अरु बेला एकअर्काको उछितो काडेर विरोध गर्ने र चुनावमा गला मिलाउने गर्छन, यो पुरानै चलन हो । संघियातकाले देश सकिन्छ भन्दै वर्षौ देखि कुर्लिरहेका जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी पनि त्यही संघियता पक्षधरकै भोट बटुलेर संसद छिर्ने दाउमा अघि बढिरहेका छन् । सत्ता घटक कांग्रेस माओवादीसहीतको पाँच दलमा जनमोर्चा पनि छ । जनमोर्चाका नेताचित्र वहादुर केसी र दुर्गा पौडेल यति बेला गठवन्धका उम्मेदवार हुन् । केसीले बागलुङ १ र दुर्गाले प्युठान बाट प्रतिनीधि सभाका लागि उम्मेदवारी दिएकाछन्।आफुले राजनीतिमा त्याग देखाएको शैलीमा बाबुराम भट्टराईले पार्टीनै माओवादीमा समाहित गरे । प्रचण्डको कट्टु आलोचक बाबुराले आफ्नो क्षेत्र गोरखामा लगेर प्रचण्डको गलामा माला लगाईदिदा त्यसको बदलामा काठमाडौं ७ मा छोरीलाई उम्मेदवार बनाउन भ्याएकाछन् ।
धेरैले बाबुरामले त्याग गरेको भन्दा पनि काठमाडौंमा छोरी उठाएर गोरखामा प्रचण्डलाई छोडेर सत्ताकोसौताबाजी गरेको आरोप लगाएका छन् ।मधेस आन्दोलनबाट राष्ट्रिय राजनीतिको भर्याङ चढेका मधेसबादी दलहरु पनि यति बेला तितिर वितरछन् । आफु आफु जुधैरै शक्ति क्षयकरण भएपछि कसैले सत्ता गबवन्धन त कसैले एमालेसँग चुनाबी तालमेल गरेकाछन् ।उनिहरुले पनि एकल रुपमा आफ्नो हैसियत जोगाउन सकेकाछैनन् ।महन्थ ठाकुरको लोसपा देउवासँग लेपासिदा उपेन्द्र यादवको जसपाले भने एमालेको साथ पाएको छ । तर मधेसबादी दलहरुले पनि आफ्नो सामथ्र्य गुमाएका छन् ।तराईमा सत्तागठबन्धनको उम्मेदवार भएको ठाउँमा जसपाले पनि एमालेसँगको एकतामा आफ्नो उम्मेदवार खडा गरेको छ । एमालेबाट टुक्रिएको माधव नेपालको नेकपा एकिकृत समाजवादी पनि सत्ता गठबन्ध भित्र छ ।एमाले फुटेर बनेको समाजवादीले पनि एक्लै चुनाब लड्ने आँट गरेन । भक्तपुर १ मा लालकिल्ला बनाएको नेमकिपा भने आफ्नो क्षेत्रमा एक्लै चुनाव लड्ने भएको छ । स्थानीय निर्वाचनमा कांग्रेस एमाले माओवादी र स्वन्तन्त्र गरी दर्जन बढिको जमानत जफत गराएको नेमकिपाले एक्लै भिड्ने आँट गरेको हो। अन्य ठाउँमा पार्टीको धेरै ठूलो प्रभाव नदेखिएपनि भक्तपुर १ मा भने नेमकिपाको दबदबा कायम छ ।
यी केही क्षेत्रमा देखिएका प्रतिनीधि पात्र हुन तर अरुबेलाको विरोध र चुनावको बेलामा देखिने नेताहरुको चटकले जनता आजित भएकाछन् । चर्को स्वरमा ठूला भाषण गरेर राष्ट्रबादी छवि देखाउन खोज्नेहरुको चुनाबी साँठगाठ उदेक लाग्दो छ । यति बेला लोकतन्त्र र गणतन्त्रका विरोधीहरुलाई चुनाबले एउटै कित्तामा उभ्याएको छ । जनताको जनतमतलाई भर्याङ बनाएर संसदीय यात्रा तय गर्न यति बेला नेताहरुले विचार र सिद्धान्तलाई भुङगा्रेमा पोलेका छन् ।
प्रतिक्रिया