विदेश

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण


काठमाडौँ—उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शुक्रबार दुईवटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाबाट प्रहार भएका दुई क्षेप्यास्त्रको पहिचान गरेको जनाएको छ ।शुक्रबार मध्यान्ह उत्तर कोरियाको पूर्वी टोङचोन क्षेत्रबाट दुई वटा छोटो दूरीका क्षेप्यास्त्र प्रहार भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।

दक्षिण कोरियाली सेनाका अनुसार यी दुबै क्षेप्यास्त्रले २ हजार ४ सय मिटर उचाईमा उडान भर्दै २३० किलोमिटर दूरी पार गरेका थिए । दक्षिण कोरियाली सेनाले विज्ञप्ति जारी गर्दै हतियार परीक्षणलाई ‘गम्भीर उत्तेजना’ को निन्दा गरिएको जनाएको छ ।अमेरिकी सेनाको हिन्द प्रशान्त कमाण्डले पनि उत्तर कोरियाको यस्तो गतिविधिबाट अस्थीरता उत्पन्न हुने बताएको छ । जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाबाट क्षेप्यास्त्र परीक्षण भएको पहिचान गरिएको बताउँदै विस्तृत विवरणबाट विश्लेषण भइरहेको उल्लेख गरेको छ ।

चाँडै आणविक परीक्षणको तयारी गरिरहेको आशंकाबीच उत्तर कोरियाले पछिल्लो पटक छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको हो । हालै अमेरिकाले आणविक परीक्षण गरेमा उत्तर कोरियाली सत्ताको अन्त्य हुने चेतावनी दिएको थियो ।