देश

निर्वाचन आयोगले सोध्यो गगन थापालाई दोस्रो पटक स्पष्टीकरण


काठमाडौँ— निर्वाचन आयोगले नेपाली कांग्रेसका काठमाडौं–४ का उम्मेदवार गगन थापालाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।

आयोगले पहिलो पटक सोधेको स्पष्टीकरणका बारेमा थापाले सार्वजनिक कार्यक्रममार्फत दिएको जवाफलाई लिएर पुनः स्पष्टीकरण माग गरिएको आयोगका एक अधिकारीले बताए । गत हप्ता ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’ भनी सामाजिक सञ्जालमा सूचना राखेको विषयमा थापालाई आयोगले स्पष्टीकरण सोधेको थियो ।

तर थापाले सो विषयलाई लिएर एक सार्वजनिक कार्यक्रममार्फत ‘यस्तो गल्ती बारम्बार गर्छुु’ भनी अभिव्यक्ति दिएको भन्दै आयोगले पुन स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोध्ने निर्णय भइसकेको र तत्काल पत्र तयार गरेर पठाउने तयारी रहेको आयोग स्रोतले जनाएको छ ।