Breaking

अबको सरकार एमाले नेतृत्वमा बन्ने अध्यक्ष ओलीको दाबी


काठमाडौँ—नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनका लागि भोट मागेका छन् । उनले एमालेको इज्जतका लागि भए पनि लिङ्देनलाई जिताउनु पर्ने अवस्था आएकोसमेत बताएका छन् । झापा ३ मा आयोजित चुनावी कार्यक्रममा उनले लिङ्देनले जिते मात्र देशद्रोहीहरुले हार्ने दाबी गरेका हुन् ।

आगामी निर्वाचनबाट राप्रपा राष्ट्रिय पार्टी बन्ने बताएका ओलीले यसपटकको निर्वाचनमा एमालेले समर्थन गरेका सबैले जित्नेसमेत जिकिर गरेका छन् । उनले आफूलाई साथ दिएको जनता समाजवादी पार्टी पनि राष्ट्रिय पार्टीको स्टाटसमा रहिरहने बताएका छन् ।

सँगसँगै उनले नेकपा एमालेबाट फुटेर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी चाहिँ राष्ट्रिय पार्टी पनि बन्न नसक्ने बताएका छन् । निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका ओलीले अबको सरकार एमाले नेतृत्वमा बन्ने पनि दाबी गरेका छन् ।