विदेश

नागरिकलाई सुरक्षित स्थानमा लगिएको रुसको दाबी


काठमाडौँ—युक्रेनको दक्षिणी भागमा रहेको र रुसले आफूमा मिसाएको खर्सन क्षेत्रमा फसेका सबै सर्वसाधारणलाई सुरक्षित स्थानमा लगिएको एक अधिकारीले बताएका छन् ।

क्राइमियाका प्रमुख सर्गे किरियेन्कोले उक्त क्षेत्रको भ्रमण गरी सर्वसाधारणहरूलाई पूर्ण रूपमा सुरक्षित स्थानमा लगिएको जानकारी दिए । उक्त क्षेत्रमा रुस र युक्रेनका सैनिकहरूबीच भीषण भिडन्त हुन लागेकाले सर्वसाधारणहरूलाई सुरक्षित स्थानमा लगिएको हो ।

युक्रेन सरकारले यसरी सर्वसाधारणलाई अन्तै लग्नुलाई निर्वासनको संज्ञा दिएको छ ।