Breaking

आज झापा जाँदै ओली, भद्रपुरमा एमाले-राप्रपाको संयुक्त भेला


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी प्रचार अभियानका क्रममा चार दिनका लागि आज झापा जाँदै छन् ।

ओलीको सचिवालयका अनुसार भद्रपुरसहित अध्यक्ष ओली १३ वटा स्थानीय स्तरका भेला र भेटघाटमा सहभागी हुनेछन् । आज दिउँसो २ बजे भद्रपुर अवतरण गरेर त्यहाँ आयोजना हुने एमाले र राप्रपाको संयुक्त भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । स्थानीय सीटी गार्डेन होटलमा आयोजना हुने कार्यक्रमलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

अध्यक्ष ओलीले आजै क्षेत्र नं ५ को दमकमा आयोजना हुने दुईवटा भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । यस्तै उनले आजै अपराह्न ४ बजे क्याम्पस मोडमा दमक वडा नं ५, ८ र ९ तथा ५ बजे दमकस्थित पशुपति मन्दिरमा वडा नं ६ र ७ का मतदाताहरूसँग भेटघाट गर्नेछन् । यसैगरी ओलीले क्रमशः झापाका विभिन्न स्थानमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।