समाचार

कैलालीमा जीपले ठक्कर दिँदा एकको मृत्यु


काठमाडौँ — जिपले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकलमा सवार कैलालीको गोदावरी नगरपालिका(३ तेघरीका शेरबहादुर पुन मगरको मृत्यु भएको छ ।

उनको उपचारका क्रममा सेती प्रादेशीक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगङ्गा नगरपालिका वडा ३ को कुचेनीमा बिहीबार पश्चिमबाट पूर्व जाँदै गरेको बा १२ च २११४ नम्बरको जिपले विपरीत दिशाबाट आउँदै गरेको सुपप्र ०१-००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पुनमगर गम्भीर घाइते भएका थिए । ठक्कर दिने जिप र चालक युसुभ श्रेष्ठलाई इलाका प्रहरी कार्यालय (चौमाला) ले नियन्त्रणमा लिएको जनाइएको छ ।