Breaking

कतार विश्वकपमा देखिने छैनन् यी प्रख्यात फुटबलर, प्रशंसकमा निराशा


काठमाडौँ — फिफा विश्वकपको दिननजिकिएसँगै फुटबल प्रेमीदेखि खेलाडीहरु पनिउत्साहीत छन् । तर, विश्वकाचर्चित क्लबबाट खेल्ने कतिपयचर्चित अनुहारभने आसन्नकतार विश्वकप गुमाएका छन् । कतारमा नोभेम्बर २० देखिविश्वकप फुटबल शुरु हुँदै छ । विश्वकपमा छनौट भएका ३२ राष्ट्रहरु कपजित्ने विभिन्न रणनीति बनाइरहेका छन् ।

तर, कतिपय फुटबलका स्टार खेलाडीहरु आबद्ध देश विश्वकपमा छनौट हुननसक्दा फुटबल प्रेमीहरुले तीआफ्नामनपर्ने स्टार खेलाडीहरुलाई कतार विश्वकपमा गुमाउनु पर्ने भएको छ । उत्तरी म्यासेडोनियासँग १–० को हारपछि इटालीको विश्वकप यात्रामा पूर्णविराम लाग्यो । चार पटकको विश्वविजेता इटाली लगातार दोस्रोपटक विश्वकपमा स्थान बनाउन असफल रह्यो ।

जसको परिणाम ३८ वर्षीय अनुभवी सेन्टर व्याकजर्जियो चिलिनीलाई कतारमाहुने विश्वकप फुटवलको मैदानमा देख्न पाईने छैन । त्यस्तै इटालीलाई युरोकपजिताउन महत्वपूर्ण भूमिका खेलेका मार्को भेराट्टीलाई पनिदशर्कले गुमाउनु पर्ने भएको छ । हालकाउत्कृष्ट सेन्टर मिडफिल्डर २९ वर्षीय भेराट्टीले पीएसजीमा गरेको प्रदर्शनलाई फुटबल प्रेमीले विश्वकपमा सम्झने छन् । त्यस्तै उत्कृष्ट लयमा रहेका फरवार्ड फेडेरिको किएजाले कोपनिविश्वकपको मैदानमाअभाव खड्किने देखिएको छ ।

अहिलेका सर्वाेत्कृष्ट फरवार्डमध्येका एक नर्वेजियन खेलाडीलाई पनिविश्वकपमा देख्न पाइने छैन । नर्वे विश्वकपमा छनौट हुननसकेपछि म्यान्चेष्टर सिटीका २२ वर्षीया हल्याण्डले विश्वकप गुमाएकाछन् । हल्याण्डले अहिलेकाउदाउदो खेलाडीको रूपमा आफूलाई स्थापितगरे पनिविश्वकपको यात्राभने तय गर्न सकेनन् । त्यस्तै, लिभरपुलका स्टार मोहम्मद सलाहलाई पनिविश्वकपमादेख्न पाइने छैन ।

अफ्रिकीविश्वकप छनौटमासेनेगलसँगअन्तिम चरणमा पेनाल्टी सुटआउटमा हार बेहोरेको इजिप्ट विश्वकपबाट बाहिरिएको थियो । म्यान्चेष्टर सिटीबाट खेल्ने रियाद महरेज पनिकतार विश्वकपमा देखिने छैनन् । उनको देश अल्जेरिया क्यामरुनसँग १–० गोल अन्तरले पराजित भएपछि विश्वकप छनोटको मैदानबाट बाहिरीएको हो ।

३१ बर्षिय महरेज पछिल्लो पटक २०१४ माब्राजिलविश्वकपमा खेलेका थिए । २०२२ को विश्वकपमा छनौट हुननसकेपछि उनलाई आगामीविश्वकपमा देखिनेमा संसय छ।
लिभरपुलबाट खेल्ने अर्का उदाउँदायुवा खेलाडी लुइस डियाजलाई पनिनदेखिने भएका छन् । दक्षिण अमेरिकी क्षेत्रबाट कोलम्बियाविश्वकपमा छनौट हुननसकेपछि डियाजको विश्वकपयात्रा टुंगिएको हो । गतवर्ष कोपा अमेरिका जित्ने डियाजले कोलम्बियाकालागिप्लेअफमा स्थान सुरक्षितगर्न सक्दो प्रयास गरेपनि सफलहुनभने सकेन ।

जसका कारण आफ्ना प्रशंसकलाई विश्वकपको मञ्चमाआफ्नो कलाकौशल देखाउन चुकेका छन् । विश्वकप छनोटमायति बेलाटिम चुक्दा धेरै फुटवलका महारथीहरु मैदानबाहीर भएकाछन् ।