काठमाडौँ — काठमाडौंको रानीपोखरीस्थितबालगोपालेश्वर मन्दिरमा सदा झै यो वर्ष पनि भाइटीका लगाइएको छ । हरेक वर्ष भाई टिकाको दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिर परिसरमा आफ्नो दिदीबहिनी नभएका सर्वसाधरणले भाइटिका ग्रहण गर्ने चलन छ । के वृद्ध के बालक के महिला के पुरुष,स्वदेशीसँगै विदेशीपनि इच्छा भएका सबै मानिस यहाँपुगेर भाइृटिका लगाउने गर्दछन । विशेष गरी दिदिबहिनी नभएका दाजुभाईहरु भाईटिका लगाउन यहाँ पुग्छन । विहानैदेखि टिका लगाउनेहरुकोे घुईचो हुने गर्दछ ।
काठमाडौ असनमालाक्षीकी रविनाकपालीले बालगोपालेश्वर मन्दिरमा आउने सर्वसाधरणलाई टिका लगाई दिनथालेको दुई दशक बढी भयो । ९ वर्षको उमेर देखि यहाँभाईटिका लगाउन सुरु गरेकीउनीअहिले ३० वर्ष पुगिन्,भाईटिका लगाउने क्रमनिरन्तर छ । यहाँ बसेर भाईटिका लगाउनु शौभाग्यको कुरा भएको उनी बताउँछिन । अन्जानदाजुभाईहरुलाई मन्दिर परिसरमा बसेर टिका लगाउन पाउँदा उनी खुशीव्यतm गर्छिन ।
तनहुँका राजेन्द्र लोहनीको आफ्नो दिदिबहिनि छैनन् । विगतकातिहारमाआफन्तीदिदि–बहिनिहरुबाट टिका लगाएपनि यो पटक त्यो सम्भव भएन । भाइटिका लगाउन कै लागिउनी रानीपोखरी बालगोपालेश्वर मन्दिर पुगेका थिए । तनहुँका राजेन्द्रलाई काठमाडौकी रविना कपालीले भाइटिका लगाई दिईन । सप्तरंगी टिका र फुलमालाले निधार र गलामात्र भरिएनउनको मन पनि खुसीले गदगद भयो । पहिलो पटक बालगोपालेश्वरमा टिका लगाउन आएका उनी संभवभए अर्को साल पनि आउने बताउँछन ।
यस्तै काठमाडौ ताहचलकामदन डंगोल विगत १५ वर्षदेखि बालगोपालेश्वर मन्दिरमापुगेर भाईटिका लगाउँदै आएका छन् । तिहारको दिननिधार खाली राख्दाखल्लो लाग्ने भएकाले उनि रानीपोखरीमा रहेका दिदिबहिनीबाट टिका लगाउँदै आएका छन । आफ्नो दिदीबहिनी नभएका अथवा बाध्यताले टाढा भएकाहरु मन्दिर परिसरमा नै दिदी बहिनीबाट भाईटिका लगाउनपाउँदाहर्षित छन् ।
दिदीबहिनी र दाजुभाइनहुने मात्रै नभएर भएर पनिविविध कारण घर जाननपाएकाहरुले पनि रानीपोखरीमै पुगेर टीकालगउाँदै आएका छन । दिदीबहिनीले दाजुभाईको दिर्घायूको कामना अनि दाजुभाई दिदीबहिनी बिचको प्रेममय सम्बन्धलाई रंगहरु जस्तै सँधै गाढा, ताजा र प्रज्वलबनाईराख्ने आमविश्वास छ ।


प्रतिक्रिया