Breaking

मोरङमा रेखा थापा भारी, शेखर र लालबाबुको टक्कर, सुजाता संकटमा पर्दा भानुभक्त पत्ता हुने लक्षण


काठमाडौँ — आसन्नमंसिर ४ को निर्वाचनमा रोचकप्रतिस्पर्धा हुनेमध्येको एक क्षेत्र हो मोरङ । ६निर्वाचन क्षेत्र रहेको यहाँ शेखर कोइरालादेखि रेखाथापासम्मको उम्मेदवारीले चर्चा पाइरहेको छ । कस्तो छ त चुनावी अंकगणित ? चलचित्रकिहिम्मतवाली रेखाथापामोरङ ३ को हट्टाकट्टाउम्मेदवार बनेकी छिन् । यसपटकको चुनावीमाहोलमामोरङप्रतिध्यानखिच्ने माध्यममध्ये रेखाको भूमिका अग्रस्थानमा छ ।

तथापी कोइरालापरिवारको विरासत नै मोरङको माटोमाउभ्रिएकाले यहाँ शेखर र सुताजाले जगजगीमच्चाउनखोजिरहेका छन् ।तर विगतमै कोइरालापरिवारको जगहल्लाएकालालबाबु पण्डितजस्ता नेताहरुले मोरङमा फेरि पडक जमाउने नीतिलिएका छन् । मोरङ ६ वटा निर्वाचन क्षेत्र भएको जिल्लाहो । यहाँको निर्वाचन क्षेत्र नम्बर एकमासत्ता गठबन्धनका डिगबहादुर लिम्बु र एमालेका तर्फबाट घनश्याम खतिवडा चुनावी मैदान छिरेका छन् ।

दुई प्रमुखप्रतिस्पर्धीसँगै राप्रपाकाहोमनाथगौतमसहितयहाँ१४ जनाको उम्मेदवारी परेको छ ।तर ७४ को निर्वाचनमाविजयीभएका खतिवडाविरुद्ध लिम्बुले बद्लालिनखोजिरहेका छन् ।स्थानीयतहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई विश्लेषण गर्दा यहाँ गठबन्धनअगाडी रहेको छ ।

मोरङ क्षेत्र नम्बर २ नेपालीकाँग्रेसकी नेतृ सुजाता कोइरालाका कारण चर्चामा रहेको क्षेत्र हो ।गतनिर्वाचनकाँग्रेसकै मिनेन्द्र रिजालले जितेको यस क्षेत्रमा यसपटक पार्टीबाट सुजाताले टिकट हुत्याउन सफलभएकी छिन् । बाबु गिरिजासहितकोइराला परिवारको विरासतफर्काउने दाउमा २१ वर्षपछि चुनावी मैदानमाउत्रिएकी उनीविरुद्ध एमालेका ऋषिकेश पोखरेल बाधकबन्दैछन् ।यहाँको चुनावीप्रतिस्पर्धा हाराहारीको देखिन्छ । तर यीदुई ठूला उम्मेदवारसहितअन्य १३ जनाको उम्मेदवारी परेको छ ।

मोरङ क्षेत्रनम्बर तीनमा रिल जगतकीचर्चित अभिनेत्री रियलमै मैदानमाउत्रिएकी छिन् ।रिक्साचलाउँदै, वृद्धहरुलाई हातहल्लाउँदै र बालबालिकाहरुलाई अंकमालगर्दै चुनावीमाहोल तताइरहेकीरेखाथापालाई विपक्षीहरुले जोखिमको रुपमा हेरेका छन् ।किनकियहाँ सत्तागठबन्धनले नेपालीकाँग्रेसका सुनिलशर्मा र एमाले नेतृत्वको गठबन्धनले भानुभक्त ढकाललाई मैदानझारेको छ ।शर्मा मेडिकल माफियाको परिचयले विवादित छन् भने गतनिर्वाचनमाउनैलाई हराएका ढकाल कामगर्न नसक्ने पात्रका रुपमा परिचित छन् । यसर्थ राप्रपाकीरेखा यसपटक बाजीमारेरै छोड्ने दाउमा छन् ।

मोरङ ४ मासत्ता गठबन्धनबाट माओवादीकाअमनलालमोदी र एमालेको तर्फबाट विनोद ढकाल उम्मेदवार बनेका छन् ।अन्य१४ जनाको उम्मेदवारी परेपनियीदुईबीचनै मुख्यप्रतिस्पर्धा छ । गतनिर्वाचनमाएमालेको साथपाएर काँग्रेसका महेश आचार्यलाई हराएकामोदीयसपटक काँग्रेसको साथमाएमालेका ढकाललाई हराउने दाउमा छन् ।तथापी भिडन्त यहाँ बराबरीको छ ।


मोरङ ५ सत्ता गठबन्धनका शिवकुमार मण्डल मैदान छिर्दा एमाले जसपा गठबन्धनको तर्फबाट राजकुमार यादवप्रतिस्पर्धामा छन् ।अन्य १६ जनाको उम्मेदवारी परेपनियहाँ मण्डलले फेरि आफ्नै पोल्टामा नजितापार्ने तयारी गरेका छन् । तर जसपाकायादवले मण्डललाई रोक्ने सम्भावनापनिबलियो छ । सबैभन्दा रोचक भिडन्त मोरङ ६ माहुँदैछ । सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपालीकाँग्रेसको संस्थापनइतर समूहका नेताशेखर कोइरालाको निर्वाचन क्षेत्र भएर पनियहाँ देशको ध्यान छ ।

तर विगतमै शेखरको सात्तोखाएकाएमालेका लालबाबु पण्डित बलियो बाधकबनेर उभिएका छन् ।गतनिर्वाचनमामाओवादीको साथमा शेखरलाई हराएका पण्डित यसपटक माओवादीले काँग्रेसलाई साथ दिएपछि संकटमा छन् । तर शेखर माओवादीको साथपाएर ढुक्के देखिन्छन् ।

स्थानीयतहको निर्वाचनमा सत्तागठबन्धनबीच मोरङमापरिपक्कतालमेल बनेको थिएन । केन्द्रमा शेखर समूहले गठबन्धनको विरोध गरेकै कारण पनिदेशभरका धेरै स्थानमा गठबन्धन विथोलियो । तर यसपटकको निर्वाचनमा शेखर आफैँ गठबन्धनको भर पर्नुपर्ने अवस्थामा छन् ।तथापीमोरङका ६ निर्वाचन क्षेत्रमध्ये स्थानीयतहको मतलाई आधार मान्दा सत्तागठबन्धन र प्रतिपक्षी गठबन्धनबीच रोचक भिडन्त हुने देखिएको छ ।