Breaking

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, बसमा आगजनी


काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौँबाट सिराहाका लागि छुटेको बागमती प्रदेश ३ ००१ ख ०७२२ नम्बरको यात्रुबाहक बसले गल्छी गाँउपालिका वडा नं। ७ स्थित खेस्टेखोला पुलनजिकै विपरीत दिशाबाट आउँदै गरेको बा. ९२ प २३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक थाँक्रे गाउँपालिका वडा नं। ११ का २६ वर्षीय सुनिल थापाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार अर्का ३४ वर्षीय रमेश लामा घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिए । दुर्घटनापछि आक्रोशित स्थानीयबासिन्दाले बसमा आगजनीसमेत गरेका थिए । आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । प्रहरी र धुनिबेशी नगरपालिकाको दमकलको सहयोगमा बसको आगो निभाइएको थियो ।