काठमाडौँ — दशै सकिएलगतै हिन्दु नेपालीहरुलाई यति बेला तिहारको चटारो छ । हुदा खाने र हुने खाने बीचको खाडल अहिले पनि नेपाली समाजमा कायम छ । एउटा वर्ग तिहारको गर्जो कसरी टार्ने भनेर जोरजामको तयारीमा छ । तिहारको रमाइलो र सुन्दर पक्ष भनेकै देउँसी भैलो हो । अहिलेपनि गाउँ घरतिर दशै सकिए लगत्तै मादल बनाउने होडबाजी नै चल्छ । नेपालीहरुको दशैपछिको अर्को महान चाड तिहार हो ।
तिहारमा छुटाउँनै नमिल्ने पक्ष मध्ये देउसी भैलो पनि एक हो । तिहारको रौनकको रुपमा देउँसी भैलोलाई लिने गरिन्छ । देउसीको रमाइलोमा युवायुवती र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मानिसहरु पनि उतिकै झुमिन्छन.् । देउँसी भैलोको विषय बलि राजासँग जोडिएको सस्कृतिविद्हरुको भनाइ छ । त्यही भएर पनि होला बलिराजाले पठाएको भनेर भट्याउने चलन छ ।
पछिल्लो समय मौलिकता सङकटमा पर्दै मात्र गएको छैन् पुस्ता हस्तान्त्रणसंगै बदलिएको परिवेशले सांस्कृतिक सभ्यताममा बिकृति निम्त्याएको छ । भाइचारा प्रवर्धन गर्ने अपनत्व बोध गराउने, आफ्नोपनको पहिचान दिलाउने, नेपालीपन झल्किने तिहारको सांस्कृतिक पर्वमा प्रस्तुत गरिने सांगीतिक पक्षको मौलिकतामाथि यतिबेला आक्रमण भएको छ ।
अत्याधुकि प्रविधि बिकसित समाजले लोकलयको गीत र मादल बासुरी झ्याम्टा लाई लत्याउदै यति बेला चर्का स्वरमा ममाजलाई नै अवरोध गर्ने खालका प्रविधी अंगाली रहेकाछन् ।
यहि डिजेको तालमा हास्यकलाकार हरिवँश आर्चायको घरमा एक हुल मानिस देउँसी खेल्न पुगे । त्यही हुलमा थिए काठमाडौंँ महानगरका मेयर बालेन्द्र शाह ,चुनावताका आफ्नो मौलिक लोक सस्कृति बचाउँने अभियानमा लागेका उनले महानगरकैतर्फबाट विशेष कार्यक्रम नगरेपनि कलाकार हरिवंशको घरमा पुगेर लोक दोहोरीमा जुवारी खेल्न भने भ्याए ।हरिवँशको घरमा देउँसी खेल्न पुगेका उनीहरु कसैसँग न मादल नै थियो न त बासुरी नै ।
मेयर बालेनले धन्न यति भएपनि देउँसी भेलौको महत्व बुझेछन् । साउण्ड सिस्टम बजाएरै भएपनि उनले चाढपर्वको केहीअपनत्व लिएकाछन् । जुन स्वागत योग्य छ । नेपाली हास्यव्यङ्ग्यकला र मौलिकता यथावत राख्ने उदेश्यले विगत २५ वर्षदेखि अनवरत सञ्चालन रहेकोे सिस्नुपानी देउँसी भैलो कार्यक्रममा देउँसी भैलो कम नेताहरु माथि ब्याङग्य बढि भइरहेको छ ।
नेताहरुमाथि ब्याङग्य प्रहार गनु त सिस्नुपानीको संस्कृतिनै भइसक्यो । पछिल्लो समय मानिसले सांगितिक देउँसी भैलालाई बैकल्पिक मनोरञ्जनको रुपमा लिन थालेका छन् । यसले पनि प्रष्ट हुन्छ देउँसी भैलो बिस्तारै नेपालीहरुबाट आझेल पर्र्दैे गएको छ ।
प्रतिक्रिया