Breaking

महंगीको मारमा चाडपर्व, भाइमसला अचाक्ली मंहगो


काठमाडौँ — भोलि तिहारको मुख्य दिन भाइटिका । भाइटीकाको दिन अनिवार्य नै बनेको छ भाइमसला । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मसाला दिने चलन अहिले परम्परा नै बनेको छ । तिहारमा भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि उपहार सत्कारको रुपमा भाईमसला दिने चलन छ ।

काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मसला भाई मसलाको रुपमा प्रयोग हुन्छ । भाइटिकाका लागि नभई नहुने रंग बिरंगी माला, फुलमाला भाइ मसला,ढाका टोपि लगायतका पसलमा सर्वसाधरणको घुईचो छ । विशेष गरेर काठमाडौंको असन, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरूमा दिदिवहिनिहरु भाइटिकाको सामान खरिद गर्न भ्याईनभ्याई छन । महंगिएको बजारभाउको असर तिहारका बजारमा पनि नपर्ने कुरै भएन । विगत भन्दा भाइमसलाको मुल्य पनि वृद्धि भएको छ । भाईटिकामा भाइमसला अनिवार्य जस्तै भएकाले पनि महंगो मुल्य तिरेरै भए पनि उपभोक्ताहरु खरिद गर्न बाध्य छन ।

भाइमसलाकाको प्याकेट हेरीहेरी सय रुपैयाँ मुल्यदेखि ५ सय, हजार र ५ हजारसम्मको बजारमा उपलब्ध छ । यी त फुटपाथमा विक्रिका लागि राखिएको भाइमसलाको मूल्य हो, अनलाइर्नमा आँखा डुलाईयो भने त्यो भन्दा बढि र अझ ठूला सपिङ महलमा पसियो भने २० देखि २५हजार मूल्यसम्मका भाईमसला भेटिन्छ । भाइमसला आफैको मुल्य वृद्धि भन्दा पनि बदाम,काजु,ओखर लगायत भाइमसलामा प्रयोग हुने सामानको मुल्य वृद्धि भएको र भाइमसलाको पनि मुल्य वृद्धि हुनु स्वभाविक भएको व्यापारीहरु बताउँछन । तिहारमा मात्र प्रयोगमा आउने भाइमसलाको व्यापार भने राम्रो रहेको व्यापारीहरुको भनाई छ ।

दाजुभाईका लागि दिइने मसालाहरु स्वास्थ्यका लागि पनि निकै उपयोगी रहेको भाइमसला मात्र नभई अन्य सबै दैनिक उपभोग्य बस्तुको मुल्यवृद्धि आकाशिएकै छ । फलत पछिल्लो समय हाम्रो दैनिकीसँगै चाडपर्व पनि महंगिको मारमा पर्दै आएको छ । यति बेला नेपाली चाड विदेशबाट आयातित सामग्रीले धानिरहेको छ । भाइसमलमा पनि छिमेकी मुलुक भारत, चिन, अमेरिका लगायतका अन्य देश बाट आयात भएको छ ।