Breaking

सात वटै प्रदेश र संघमा गठबन्धनको सरकार बन्छ: गगन थापा


काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सात वटै प्रदेश र संघमा गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । गठबन्धनमा आवद्ध दलहरुले सँगै उभिएर मत मागपछि मतादेशलाई धोका दिन पाइन्न भन्नेमा आफूहरु प्रष्ट रहेको उनले बताए ।

ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले बुधबार काठमाडौं क्षेत्र नम्बर ४ मा गरेको कार्यक्रममा महामन्त्री थापाले भने, ‘सँगै उभिएर ५ वर्षका लागि मत मागेपछि मतको आदेशलाई धोका दिन पाइँदैन ।’