Breaking

रूपन्देही २ मा जनमुक्ति पार्टीका थापालाई गठबन्धनले समर्थन गर्ने


काठमाडौँ — रूपन्देही २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशव बहादुर थापालाई गठबन्धनले समर्थन गर्ने भएके छ । बुधबार सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा पार्टी अध्यक्ष चित्र बहादुर केसीले संयुक्त विज्ञप्ति जारी गरी थापालाई समर्थन गर्ने जानकारी दिएका हुन् ।

यसअघि रूपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजु गुरूङले उम्मेदवारी दिएका थिए । गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने भएको हो ।