देश

१८८६ सवारी साधन कारवाहीमा


काठमाडौँ- उपत्यकामा मंगलबार एक हजार ८८६ सवारी साधन कारवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतबाट समेत ती सवारी साधन कारवाहीमा परेका हुन्।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने २९३, लेनको पालना नगर्ने १५, रेड लाइटमा सवारी चलाउने २५ र जथाभावी हर्न बजाउने ४४ लाई कारवाही गरिएको छ।

यसैगरी नम्बर प्लेट स्पष्ट नभएका ६७ र अन्य १४४२ सवारी साधन कारवाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ।