Breaking

१६ वर्षे निमाले गरे आमादब्लम हिमालको सफल आरोहण


काठमाडौँ – संखुवासभाका १६ वर्षीय निमा रिन्जी शेर्पाले ६ हजार ८ सय १२ मिटर अग्लो आमादब्लम हिमालको सफल आरोहण गरेका छन् ।

शेर्पाले मंगलबार बिहान ७ बजेर २५ मिनेटमा आमादब्लम हिमालको शिखरमा पाईला टेकेका हुन् । उनी कम उमेरमा आमादब्लम चढ्ने विश्वकै कान्छा आरोही भएको सेभेन समिट ट्रेक्सले दाबी गरेको छ ।

उनले सेभेन समिट टोलीका युक्रेन र एक शेर्पासँग आमादब्लम हिमालको आरोहण गरेका हुन् । निमाको बुबा टासी लाक्पा शेर्पा कीर्तिमानी आरोही तथा सेभेन समिट ट्रेक्सको भगिनी कम्पनी १४ पिक्स एक्सपिडिसनको सञ्चालक हुन् । सानै उमेरदेखि टाशीलेनै निमालाई व्यवसायिक आरोहण सम्बन्धि तालिम दिएका थिए ।

आफ्नो बुबाले एक कुशल पर्वतारोही बनेको हेर्न चाहेको बताउँदै निमाले विश्वका ८ हजार माथिको १४ वटा हिमाल आरोहणको योजना रहेको बताए । निमा कम उमेरमा मनास्लु चढ्ने विश्वकै कान्छा आरोही बनेकी हुन् । उनका बुबा टासीपनि कान्छा आरोहीको रुपमा परिचित छन् ।