Breaking

राष्ट्रपति भण्डारीद्वारा नेपाल संवत् ११४३ को अवसरमा शुभकामना


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएकी छन् ।

राष्ट्रपति भण्डारीले एक सन्देश जारी गर्दै राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने मौलिक राष्ट्रिय संवत् अवसरका अवसरमा शुभकामना दिएकी हुन् ।

यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस दिनलाई नेपाल संवत्‌को नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा भव्यताका साथ मनाउने गरिन्छ ।

लिच्छवीराजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्‌लाई प्रचलनमा ल्याएको मानिन्छ । उनले नेपाली समाज सभ्य र सहिष्णु समाज हो‚ चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेको बताइन् ।

राष्ट्रिय विभूति साख्वाको उक्त लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् ।

शुभकामना सन्देशमा भनिएको छ,नेपाल संवत्‌ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्‌भाव‚ सहिष्णुता र बन्धुत्वको भावनाअभिवृद्धिगरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वाीसका साथ पुनस् नेपाल संवत् ११४३ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।’