Breaking

उदयपुरमा भीरबाट मोटरसाइकल खस्दा २ जनाको मृत्यु


काठमाडौँ – उदयपुरमा भिरबाट मोटरसाइकल खस्दा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएके छ ।

कटहरी नगरपालिका ११ हर्देनी स्थित सिद्धिचरण सडक खण्डमा कटारीबाट हर्देनीतर्फ जादै गरेको लु ८८ प १८५६ नम्वरको मोटरसाइकल भिरबाट ५०० मिटर तल खसेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

भीरबाट मोटरसाइकल खस्दा मोटरसाइकल चालक २४ वर्षका यम्बर बहादुर श्रेष्‍ठ ५०० मिटर तल मृत अवस्थामा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए ।

उक्त मोटरसाइकलको पछाडि बसेका २१ वर्षीया इन्दिरा कार्की सडकबाट ५ मिटर तल रुखमा अल्झिई गम्भीर घाइते भएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।