Breaking

हिमाल आरोहणका १२ सय ३८ लाई अनुमति


काठमाडौँ – शरद ऋतुमा हिमाल आरोहणका लागि पर्यटन विभागले १२ सय ३८ जनालाई अनुमति दिएको छ ।

विभागले देशका ४१ हिमाल आरोहण गर्न ७७ देशका आरोहीहरुलाई अनुमति दिएको हो । हिमाल आरोहीहरुले सबैभन्दा बढी गोरखास्थित मनास्लु आरोहण गर्दैछन् । कात्तिक ६ गतेसम्म मनास्लु आरोहणका लागि ४०४ जनाले अनुमति पाएका छन् ।

दोस्रोमा अमादब्लाम हिमाल रहेको छ । उक्त हिमालका लागि २६ टिमका ३३६ जनाले अनुमति पाएको विभागले जनाएको छ । त्यस्तै १०० भन्दा बढी अनुमति पाउने हिमालमा हिमलुङ रहेको छ । जसमा १५६ जनाले अनुमति पाएका छन् ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भने एकदमै कम अर्थात ५ जनाले मात्रै अनुमति लिएका छन् । बढी आरोहण अनुमति पाउने नागरिकमा अमेरिकाका ११५, फ्रान्सका १०८, बेलायातका १०३, जर्मनीका ७७, स्पेन ७५ले आरोहण अनुमति पाएका छन् ।