Breaking

सिन्धुपाल्चोकको मेलम्चीमा आगलागी, ३ वटा पसलमा क्षती


काठमाडौँ – सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा आगलागी भएको छ। गएराती भएको आगलागीबाट मेलम्ची बसपार्कमा रहेको ३ वटा पसलमा क्षती पुगेको छ ।

हेलम्बु बसपार्कमा रहेको बिजि बेकरी, मेलम्ची किराना पसल तथा होटल रहेको घरमा गएराति आगो लागेको स्थानीयले जानकारी दिएका छन् । पाँचखाल नगरपालिकाको दमकल पुगेर आगो निभाएको थियो ।

पाँचखाल नगरपालिकाको दमकल आएपछि आगो पूर्ण रुपमा निभेको छ । क्षतिको थप विवरण भने आउन बाँकी छ ।