समाचार

कैलालीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


काठमाडौँ – कैलालीमा घरको कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका लक्ष्मी पूजाका लागि कोठा बत्ती बाल्ने क्रममा गौरीगंगा नगरपालिका वडानम्बर ५ को अण्डैया शिविर बस्ने ४० वर्षीय गणेश सिजाली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँया हातमा करेन्ट लागेर गम्भीर भएका मगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।