Breaking

महाकवि देवकोटालाई राज्यले दिएको सम्मान र गर्न बाँकी कर्तव्य, नेपाली सहित्यका अमूल्य रत्न महाकवि देवकोटा


काठमाडौँ — आजऐश्वर्य, श्रीका आराध्यदेवीको स्तुति गर्ने दिन अर्थात् लक्ष्मी पूजा । यसै दिन नेपाली साहित्यले पाएको अमूल्य रत्न लक्ष्मी प्रसाद देवकोटा । कसरी संझिए त नेपालीहरुले महाकवी देवकोटालाई ? नेपाली साहित्यका विराट प्रतिभावान् महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज ११४औँ जन्म तिथि । विसं १९६६ कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन डिल्लीबजारमा आमा अमरराज्यलक्ष्मी देवकोटाको कोखबाट जन्मनुभएका महाकविले नेपाली साहित्यमा गर्नुभएको योगदानको उच्च कदर स्वरुप उहाँलाई स्मरण गरिएको छ ।

महाकवि देवकोटा जयन्तीका अवसरमा गत शुक्रबारदेखि नै साताव्यापी कार्यक्रम भइरहेको थियो । नेपाली साहित्यमा अतुलनिय योगदान दिनुभएका देवकोटाको सम्मानमा नेपाल सरकारले महाकविको मैतिदेवीस्थित पुरानो घरलाई संगहालयमा परिणत गरेको छ । पुरानो घरलाई भत्काएर पुरानै शैलीमा नयाँ बनाएको सो संग्रहालयमा महाकविले उपभोग गर्नुभएको सामान र उहाँको कृति संकलन गरिएको छ । वर्षौदेखि बेवास्तामा रहेको उक्त घरलाई राज्यलेर संगहालय बनाउँदा देवकोटा परिवार खुशी छन् ।

संग्रहालाय बनाइएको हालको घरसँगै महाकविकोटाले लेखनमार्गको सुरुवात गरेको जन्म घरको पनि संरक्षण र सम्बद्र्धन गर्नुपर्ने परिवारका सदस्यको चाहाना छ । महाकविको जन्म दिने माटोको अझ बढि महत्व रहेकाले यसलाई पनि राज्यले उचित सम्मान दिन जरुरी छ । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा बढी बिकेको पुस्तक हो ।विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन् । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उहाँले महत्वपूर्ण योगदान दिनुभएको थियो ।