Breaking

एमालेले वहुमत ल्याउने दाबीको आधार के ? केवल ओलीको फण्डाले वहुमत आउला ? के भन्छन असन्तुष्ट ?


काठमाडौँ — पूरा कार्यकाल सरकार चलाउन नपाएर विरक्तीएका एमाले अध्यक्ष केपी शर्मा ओली अव मुल ढोकाबाटै सिंहदरवार छिर्ने सपना देखिरहेका छन । जसका लागि विचार नै नमिल्नेसंग तालमेल गर्ने तथा सत्ता गठबन्धनका असन्तुष्टलाई सहयोग गर्नेसम्मका रणनिति एमालेले अवलम्बन गरेको छ । तर के जितका लागि यति नै प्रर्याप्त छ त ? दलहरु चुनावी प्रचारप्रसारका लागि मतदाताको घरसम्म पुगिरहदाँ यो दौडमा नेकपा एमाले पनि अग्रपंतिमा छ ।

आगामी निर्वाचन पछि अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव सहित चुनावी दौडधुपमा रहेको एमाले त्यसका लागि वहुमत ल्याउने धाउन्नमा छ। सत्ता गठबन्धन विदेशीको ईशारामा बनेको र सिद्धान्तहिनहरुको झुण्ड बनेको भन्दै आफू पनि विचारनै नमिल्नेसंग तालमेल गरेको एमालेले अहिले अंकगणितिय सफलता प्रमुख मुद्धा बनाएको छ । फलत ः विपक्षी गठबन्धनलाई गाली गर्ने देखि गठबन्धनका असन्तुष्टलाई सहयोग गर्नेसम्मका कार्यमा एमाले व्यस्त छ ।

यतिमात्र नभएर कहिले प्रधानमन्त्री शेरबहादुर देउवालाई लाईभ डिभेटको चुनौती दिने त कहिले सर्वसाधारणलाई फोन गर्ने जस्ता फण्डा गरेर भएपनि जनचासो आफूकेन्दीत गर्नमा अध्यक्ष ओली लागि परेका छन् । अरु दल भन्दा आफू के फरक भन्ने प्रष्ट उत्तर समेत नभएका उनी केवल उखान टुक्ककै भरमा आफ्नो पार्टीलाई ठुलो बनाउने दाँउमा छन । तर घोषणापत्र र एजेण्डाविहिन अहिलेकोअवस्थामै पनि उनी एमालेको जितलाई देशको जितसंग जोडेर होस कि पार्टीहितमा काम नगरेकालाई टिकट नै नदिएर तह लगाएको दावी गरेर होस कार्यकर्ता उत्साहित पारिरहेका छन ।

एमालेको वहुमतको सपनामा सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिले पखेटा भरेको छ भने भोट ट्रान्सफर नहुने गठबन्धनका दलको आशंकाले उत्साह थपिदिएको छ । त्यस्तै दलहरुमध्ये सवैभन्दा बढि १४१ स्थानमा उम्मेद्वारी दिनुलाई पनि एमालेले सकारात्मक पक्षका रुपमा अथ्र्याएको छ । वाँकि सिटमा भएको तालमेलले सत्ता गठबन्धनविरुद्ध लड्ने वैशाखीको काम गर्ने एमालेको अपेक्षा छ ।

यस अर्थमा राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन,जनता प्रगतीशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र जसपाका अध्यक्ष उपेन्द्र यादवको सहयोग एमालेको आशाको केन्द्र हो । त्यस्तै नागरिकता विधेयकमा राष्ट्रपतीले चालेका कदम पनि अर्को आशाको त्यान्द्रो हो भने ओलीको राष्ट्रवादको जादूले पनि काम गर्ला कि भन्ने आशा एमालेमा छ । त्यसमा चुच्चे नक्साको विषय उनीहरुका लागि महत्वपूर्ण बनेको छ ।

तर एमालेबाट विद्रोह गरेकाहरु भने एमालेलाई पार्टी भन्न समेत सहमत छैनन् । स्वतन्त्र उम्मेद्वारी दिएका उनीहरुले एमालेलाई ओली एण्ड कम्पनीको संज्ञा दिदै गर्दा टिकट नपाएकै भीम रावलले वारम्बार ओलीले दावी गरेका विषयहरुमा भण्डाफोर गर्दै आएका छन ।टिकट वितरण मै अध्यक्षको तजविजमात्र चलेकाले पार्टी छोड्नु परेको बताउने रामवीर मानन्धर पनि यसको परिणाम एमालेले भोग्ने बताउछन ।

पार्टी भित्रको वागी उम्मेद्वार संख्या हेर्दा पनि सत्ता घटक भन्दा एमाले वढि प्रताडित भएको देखिन्छ । तर यसलाई सम्बोधन गर्ने भन्दा अझ भड्काउने ओलीको वोली एमालेकै लागि घातक हुने सम्भावना अझ बढेको । जसको परिपूर्ती केवल गठबन्धनलाई गाली गरेका हुन्छ भन्ने सोचमा रहेको एमालेले होलीवाईनका नाईके एकनाथ ढकाललाई समानुपातिमा समेटेको तथा आफैले गाली गरेकै बाटो अर्थात विचार नमिल्ने संग तालमेल गर्नुको औचित्य पुष्टि गर्न पनि कम चुनौतीपूर्ण छैन । जसमा केवल ओलीको वाकपटुकताको छडिले कति काम गर्छ त्यो हेर्न चुनावी नतिजासम्म कुनुपर्ने हुन्छ ।