खेलकुद

ट्वान्टी–२० विश्वकप: दक्षिण अफ्रिका र जिम्बावेबीचको खेल नजिताविहीन


काठमाडौँ — दक्षिण अफ्रिका र जिम्बावेबीचको ट्वान्टी–२० विश्वकप सुपर–१२ को ग्रुप–२ को खेल सोमबार वर्षाले प्रभावित भएपछि बिना नतिजा टुंगेको छ । यससँगै दुवै टिमले एक एक अंकमा चित्त बुझाए । सुरुमा खेल नौ नौ ओभरमा झारिएको थियो र यस क्रममा जिम्बावेले पाँच विकेटमा ७९ रन बनाएको थियो ।

जवाफमा दक्षिण अफ्रिकाले ब्याटिङ सुरु गर्दा खेल फेरि वर्षाले प्रभावित रह्यो र डक वर्थ नियम अनुसार सात ओभरमा ६४ रनको नयाँ लक्ष्य तय गरिएको थियो । वर्षाले खेल रोकिन अगाडि दक्षिण अफ्रिकाले बिना कुनै विकेट तीन ओभरमा ५१ रन बनाएको थियो । सोमबारको समूहको पहिलो खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई नौ रनले हराएको थियो । समूह तालिकामा बंगलादेश र भारत शीर्ष दुई स्थानमा छन् ।