Breaking

टिकट नपाएकाहरुले ओलीलाई सहयोग गर्न खोजेका छन्: प्रकाश शरण महत


काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले आगामी निर्वाचन कांग्रेस र सत्ता गठबन्धनको जितको लागि अवसर भएको बताएका छ्न् । काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले केपी ओलीले संविधान लत्याएर राजनीतिलाई व्यक्तिकरण गर्ने काम गरेपछि त्यसविरुद्ध गठबन्धन बनेको बताए । उनले भने, ‘ओलीले उडन्ते र काल्पनिक कुरा गरे । परराष्ट्र नीति खराब थियो । कोभिडको व्यवस्थापन भएको थिएन । त्यस्तो अवस्थामा सत्ता गठबन्धनले देश जोगाएको हो ।’

ओलीले सत्तालाई ‘बाँदरको हातमा नरिवल’ बनाएको आरोप लगाए । अबको चुनावबाट फेरि त्यतै फर्किने कि संविधान संस्थागत गर्ने भन्ने कुरा जनताले सोच्नुपर्ने उनको भनाइ छ । त्यसको विकल्प नेपाली कांग्रेस भएको उनले बताए । गठबन्धन गरेका कारण सबैलाई टिकट दिन नसकिएको बताए । टिकट नपाएकाहरुले ओलीलाई सहयोग गर्न खोजेको भन्दै उनले त्यसलाई रोक्नुपर्नेमा जोड दिए ।