Breaking

तीन महिनामा काठमाडौं महानगरको खर्च १ अर्ब ४७ करोड १६ लाख ६५ हजार


काठमाडौँ — काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६ दशमलव ५७ प्रतिशत खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्ष कुल बजेट २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ मध्ये १ अर्ब ४७ करोड १६ लाख ६५ हजार खर्च भएको जनाएको छ ।

१ साउनदेखि असोज मसान्तसम्म महानगरले विषयगत तर्फ सबैभन्दा धेरै खर्च सामाजिक विकास तर्फ १३ प्रतिशत गरेको छ । यस्तै आर्थिक विकास तर्फ १ दशमलव १७ प्रतिशत खर्च भएको छ भने पूर्वाधार विकास तर्फ ४ दशमलव ५ प्रतिशत खर्च भएको महानगरले जनाएको छ ।