Breaking

आजदेखि एक साता अदालतमा बन्दीका रिटमा मात्रै सुनुवाइ


काठमाडौँ – देशभरका अदालतमा आजदेखि एकसातासम्म बन्दी प्रत्यक्षिकरणका रिटमा मात्रै सुनुवाइ हुने भएको छ । ७ गतेदेखि १३ गतेसम्म देशभरका अदालतमा अन्य रिटमा भने सुनुवाइ नहुने भएको हो ।

यो अवधिमा पनि बन्दीका मुद्दामा भने सुनुवाइ हुने भएको छ । बन्दी प्रत्यक्षीकरणका रिटमा सुनुवाइ गर्न बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहनेछन् ।

भाइटीका र शनिबार भने पूर्ण रुपमा बन्द हुने सर्वोच्च अदालतले जनाएको छ ।