Breaking

गठबन्धनको संयुक्त चुनावी भेला आज काठमाडौँमा


काठमाडौँ – सत्ता गठबन्धनको प्रदेशस्तरीय संयुक्त चुनावी अभियान आज सोमबार सम्पन्न हुँदै छ ।

अन्तिम दिन आज बागमती प्रदेशमा गठबन्धनले भेला गर्दै छ । बिहान ११ बजे काठमाडौँमा हुने भेलाको नेकपा माआवादी केन्द्रले समन्वय गर्नेछ ।

भेलालाई गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चा लगायत गठबन्धनका शीर्ष तहका नेता कार्यक्रममा सहभागी हुनेछन् ।

शुक्रबारदेखि प्रदेशस्तरीय भेला सुरु गरेको गठबन्धनले अन्य ६ वटा प्रदेशमा भेला सम्पन्न गरिसकेको छ । सबै ठाउँका भेलामा शीर्ष नेता पुगेका थिए । संयुक्त चुनावी अभियानपछि तिहार लगत्तै गठबन्धन आबद्ध दल आ–आफ्नो पार्टीको चुनावी अभियानमा सरिक हुनेछन् ।