Breaking

कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित


काठमाडौँ – नेपाली कांग्रेसले आज सार्वजनिक गर्ने तयारी गरेको घोषणापत्र कार्यक्रम स्थगित गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि नेपाली कांग्रेसले आज घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको थियो ।

“संकल्प पत्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कात्तिक ७ गते बिहान १०ः३० बजे सार्वजनिक गरिने भनिएकोमा उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ,” नेपाली कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।