Breaking

कांग्रेसले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने


काठमाडौँ – प्रमुख सत्तारुढ नेपाली कांग्रेसले आगामी मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै तयार पारेको घोषणापत्र आज सोमबार सार्वजनिक गर्ने भएको छ ।

उक्त घोषणा पत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमबीच आज सार्वजनिक गर्न लागिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

उक्त घोषणापत्र प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले सोमबार बिहान साढे १० जते पार्टी कार्यालय सानेपाबाट सार्वजनिक गर्ने जनाएको छ ।

आइतवार नै सार्वजनिक गर्ने तयारी भए पनि देउवा गठबन्धनको कार्यकर्ता भेलामा सहभागी भएर धनगढी र सुर्खेतबाट फर्किँदा ढिला भएपछि सोमबारलाई सारिएको हो ।