Breaking

तिहारः चेली–माइतीदेखि पशु र मानवीय सम्बन्ध जीवन्तता बनाउने पर्व


काठमाडौँ— हिन्दुधर्मवलम्बिहरुको दोस्रो ठूलो पर्व यमपञ्चकअर्थात तिहार सुरु भईसकेको छ । दाजुभाइ–दिदीबहिनीबीचको सुमधुर सम्बन्ध साथै पशु र मानवीय सम्बन्धलाईसमेत जीवन्त चित्रणगर्ने यमपञ्चकश्रीसम्पत्ति र ऐश्वर्य वृद्धिको कामनासहित देवीलक्ष्मीको विशेष पूजागर्ने पर्व समेत हो । धन–ऐश्वर्यकी देवीलक्ष्मीको पूजा–उपसनागर्ने पर्वहो तिहार । दियो–बत्तीको झिलिमिली,सेलरोटी,देउसी–भैलोको रौनक,चेली–माइतीको सम्बन्ध प्रगाढ बनाउने पर्व हो तिहार । अर्कोतर्फ पशु र मानवीय सम्बन्धलाई समेत जीवन्त चित्रणगर्न यो पर्व सफल मानिन्छ ।

यो पर्वको महत्वलाई बजारको रौनकता थप उजागर गर्दछ । हिन्दू धर्मशास्त्र अनुसार‘मृत्यु लोक’ राजायमराजले आफ्नी बहिनी यमुनाको घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चकभनिएको पौराणिक कथन छ । कार्तिक कृष्ण पक्षत्रयोदशीकादिनदेखि कार्तिक शुक्लपक्षको द्वितियतिथि सम्म पाँच दिनमनाने यो पर्वमाकाग, कुकुर, गाई, गोरु र लक्ष्मीपूजाहुँदै कार्तिक शुक्लपक्षद्वितीयाकादिन भाइटिका गरी समापनहुनेगर्दछ ।काग तिहारको दिन‘काकेन दधिभक्षितम अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले दही भात खुवाएर कागको पूजागर्ने गरिन्छ । मिठो परिकार खानपाए कागले यमराज समक्ष राम्रो सन्देश लगिदिने विश्वास सहितकागलाई दही भात खुवाउने प्रचलनरहिआएको मानिन्छ ।दिदीबहिनी र दाजुभाई बीचको सम्बन्धथप प्रगाढ बनाइने,पारिवारिक जीवनलाई थप उचाइमा पुर्याउने, देउसी भैलोमार्फत सांस्कृतिक महत्व दर्शाउने र गाई, गोरु, कागतथा कुकुर पूजामार्फत मानव र जीवजन्तुबीचको सम्बन्धउजागर गर्ने तिहारको प्रमुख विशेषता हो ।

यो वर्ष तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपालपञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।लक्ष्मीपुजामाधन–ऐश्वर्यकी देवीलक्ष्मीको पूजा–आरधाना गरिन्छ । बहुगुणी प्राणी गाईको गोबरले पिपपोत गरेर, गहुँत छर्किएर पवित्रबनाइसकेपछि फूलमाला, धूपबत्तीबालेर लक्ष्मीको पूजाआरधनागर्ने गरिन्छ । यसदिन घरलाई सफसुग्घर गरे, दियोबत्तीले झलमल्लपारे र फूलमालाले सझाएलक्ष्मीले वास गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।यो वर्ष गाईपूजाकात्तिक ८ गते मंगलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजाकात्तिक ९ गते बुधबार परेको छ ।तिहारको मुख्यदिन भाइटीका कात्तिक १०गते परेको छ । भाइटीकाको उत्तम साइतबिहान ११ बजेर ३७मिनेटमा रहेको नेपालपञ्चाङ्ग निर्णायकविकास समितिले जनाएको छ ।भाइपूजा र नेवारी भाषामा किजा पूजापनि कार्तिक १० गते नै परेको छ ।