देश

घोषणापत्र तिहारपछि मात्र घोषणापत्र ल्याउने एमालेको तयारी


काठमाडौँ— नेकपा एमालेले ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको घोषणापत्र तिहारपछि मात्र ल्याउने भएको छ ।

एमालेका केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीका अनुसार घोषणापत्रमा प्राप्त सुझावहरु अध्ययनका क्रममा छन् । धेरै सुझावहरु आएको हुदाँ प्राप्त सुझावहरुको अध्ययन हुँदैछ ।

सुझावहरु समेतलाई समेटेर अन्तिम रुप दिन केही दिन लाग्ने भएकाले तिहार लगत्तै सार्वजनिक गर्ने तयारी गरिएको हो । यसवर्षको तिहारको मुख्य दिन भाइटीका असोज १० गते परेको छ ।