काठमाडौँ— सुनसरी, कोशी गाउँपालिका १ लौकही बजारमा सोही ठाउँ बस्ने जुग नारायण यादवको कपडा पसलमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा कपडाहरु समेत करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
शिवपुरी गाउँपालिका ८ सप्तरी डिल बस्ने ३६ वर्षीय विजय थापाको घरमा रहेको फेन्सी पसलमा दियो बाल्ने क्रममा शनिबार राति आगलागी हुँदा उक्त आगो फैलिएर सोही ठाउँ बस्ने ४० वर्षीय हरी थापाको घरमा रहेको किराना पसल र ४० वर्षीय विजय थापाको हार्डवेयर पसलमा समेत आगालागी भएको छ ।
आगलागीबाट भएको क्षतिको विवरण हाल आउँन बाँकी रहेको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया