Breaking

लि खछ्याङ चीनको नयाँ प्रधानमन्त्री


काठमाडौँ—चीनको नयाँ प्रधानमन्त्रीमा ली खछ्याङ चयन हुने भएका छन् । ली खछ्याङ पार्टी नेतृत्वबाट बाहिरिएपछि खछ्याङ नयाँ प्रधानमन्त्रीमा हुने भएका हुन । ली सात सदस्यीय स्थायी समितिमा राष्ट्रपति सीपछि वरियताका दृष्टिले दोस्रो स्थानमा छन् ।

यसअघि सीपीसीको स्थायी समितिबाट प्रधानमन्त्री ली खछ्याङसहित चार जना नेताहरू बाहिरिएका थिए । नयाँ नेतृत्व चयन गर्दै पार्टीको २०औँ महाअधिवेशन शनिबार सम्पन्न भएको छ ।प्रत्येक पाँच वर्षमा हुने अधिवेशनबाट पार्टी महासचिवसँगै सात सदस्यीय स्थायी समिति र २५ सदस्य पोलिटव्युरो चयन हुन्छ ।

नयाँ चयन भएको स्थायी समितिमा दुई जना मात्र दोहोरिएका छन् भने पोलिटव्युरोमा एउटा पनि महिला छैनन् ।