काठमाडौँ— तिहारका लागि बिक्री गरिने मिठाइ लगायतका खाद्यपदार्थमा रङको प्रयोग गर्दा सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।
आइतबार एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्ता खाद्यान्नको बिक्री वितरकहरुलाई सचेत गराएको हो । चाड पर्वमा धेरै बिक्री हुने मिठाइ लगायतमा स्वीकृत रङ मात्रै प्रयोग गर्न, रङको मात्रा सरकारले तोकेको मापदण्डअनुसार मात्रै प्रयोग गर्न आग्रह गरिन्छ, विभागले अनुगमनका क्रममा अवैधानिक कार्य गरेको पाइए कारबाही गरिने बताएको छ ।
विभागकाअनुसार खाद्य ऐनले रातो, हरियो, निलो र पहेंलो गरी चार प्रकारका रङ प्रयोग गर्न अनुमति दिएको छ । जसमा रातो ५ प्रकारका, पहेंलो, निलो र हरियो २–२ प्रकारका रङहरु छन् ।
प्रतिक्रिया