समाचार

योहो टेलिभिजनका समाचार संयोजक श्रेष्ठलाई पितृशोक


काठमाडौँ —योहो टेलिभिजनका समाचार संयोजक विक्रम श्रेष्ठलाई पितृशोक परेको छ ।

श्रेष्ठका बुबा भक्तबहादुरको ५४ वर्षको उमेरमा आइतबार बिहान ५ः३० बजे मृत्यु भएको हो । उहाँ आन्द्राको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

सिन्धुपाल्चोक चौतारा साङाचोकगढी नगरपालिका– ९ का भक्तबहादुरको श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । उहाँको पछिल्लो समय नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भएको थियो । उहाँले आज घरमै प्राण त्याग गर्नुभएको हो ।