काठमाडौँ – अष्ट्रेलियामा जारी टी२० विश्वकपअन्तर्गत शनिबार भएको खेलमा न्युजिल्याण्ड र इंग्ल्याण्डले जित हात पारेका छन् ।
शनिबार भएको पहिलो खेलमा न्युजिल्याण्डले आयोजक अष्ट्रेलियामाथि ८९ रनको फराकिलो जित हात पारेको हो । न्युजिल्याण्डले दिएको २०१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १७ ओभर १ बलमा ११ रनमा समेटियो ।
त्यस्तै अर्को खेलमा इंग्ल्याण्डले अफगानिस्तानमाथि ५ विकेटको जित हात पारेको छ । अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य इंग्ल्याण्डले १८ ओभर १ बलमा ५ विकेटको क्षतिमा भेट्टाएको हो । आइतबार विश्वकपमा आयरल्याण्ड र श्रीलंका तथा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ ।
प्रतिक्रिया