Breaking

प्रधानमन्त्री बन्ने बाटोमा रहेका गगनलाई रोक्लान् त राजनले ? कस्तो अर्जुन प्रसाईको अवस्था ?


काठमाडौँ — प्रतिनिधि सभा र प्रदेश सभानिर्वाचननजिकिँदै गर्दा उम्मेदवारहरु चुनावीप्रचारप्रसारमाहोमिएका छन् । नेताहरु सबैले आआफ्नै तरिकाले प्रचार गरिरहँदा काठमाडौँ क्षेत्र नं.४ सिंगो देशको ध्यान केन्द्रितगर्न सफल छ । जब निर्वाचन आउँछ तब काठमाडौँ क्षेत्र नम्बर ४ ले सबैको ध्यानतान्ने गर्छ । देशकादुई ठूला पार्टी र तिनकाप्रभावशाली नेताको रजगज चल्ने यो क्षेत्रमाहुने टकराव चासोको विषयबन्ने गर्दछ ।

नेपालीकांग्रेसका महामन्त्रीगगनथापा र नेकपाएमालेका नेताडा.राजन भट्टराई पुनः दोस्रो पटक यहाँआमनेसामने हुने भए पछि चुनावीप्रतिष्पर्धाको रापताप फेरि सुरु भएकोहो । क्षेत्र नं.४ लाई गगनथापाको विरासत नै भन्दा फरक पर्दैन । उनी यहाबाट निरन्तर निर्वाचितहुँदै आएका छन् ।

२०७० देखि यसै क्षेत्रबाट निरन्तर सांसद बनेकाउनको प्रभावलाई सहजै अनुमानगर्न सकिन्छ । ०७० सालमाउपराष्ट्रपति नन्दकिशोर पुनलाई पराजित गरेका उनले यसअघि २०७४ को आमनिर्वाचनमा राजन भट्टराईलाई नै हराएर संसद्को ढोका खोलेका थिए । पटक पटक सांसदसँगै मन्त्रीको स्वादपनिचाखेका गगन अब प्रधानमन्त्रीबन्ने होडमा छन् ।

थापाकाप्रतिष्पर्धी एमाले नेता डा. राजन भट्टराई थापाको विरासतलाई उल्टाउने र विगतको हारको जवाफदिने भन्दै चुनावी मैदानमाउत्रिएका छन् । काठमाडौं जस्तो सचेत मतदाताले भरिएको शहरमाविगतकानिर्वाचनको जोडघटाउले खासै कामनगर्ने डा.भट्टराई बुझाई छ । काठमाडौँ ४ को नेतृत्व गरेर कामनगरि १५ वर्ष प्रतिनिधि सभामाबिताएकालाई अब जनताले पाखालगाउने उनको दावी छ ।

४ क्षेत्रमा राजनीतिक पार्टीसँगै स्वतन्त्रबाट प्रभावशाली नेताहरुले पनिउम्मेदारी दिएका छन् । राजनीतिकविश्लेषकअर्जुन प्रसाई पनि काठमाडौ ४ कै उम्मेदवार हुन् । स्वतन्त्रबाटउम्मेदवारी दिएकाउनको उपस्थितिपनियो क्षेत्रमाप्रभावशाली नै छ । जनतामा राजनीतिकपार्टीप्रति नैराश्यता छाएकाले जनताले आफैलाई छान्नेमाउनीविश्वस्त देखिन्छन् । राप्रपाका डा. ठाकुरमोहनश्रेष्ठ, स्वतन्त्रबाट प्रसाईसँगै, आकर्षण पोखरेल, राधापोखरेल र शिवराजपोखरेललगायत मैदानमा छन् ।

राप्रपाका डा. ठाकुरमोहनश्रेष्ठ, स्वतन्त्रबाट प्रसाईसँगै, आकर्षण पोखरेल, राधापोखरेल र शिवराजपोखरेललगायत मैदानमा छन् । त्यस्तै, सदनमाथापाको आवश्यकहुने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अरुण श्रेष्ठ र स्वतन्त्रतर्फका सन्तोष प्रधानचौधरीले आफ्नो उम्मेदवार फिर्ता लिएका छन् । यो क्षेत्रमा काठमाडौँ महानगरपालिका र बुढानीलकण्ड नगरपालिकाका वडाहरु पर्छन् ।

महानगरका १, ७, ८ र ३० सँगै बुढानीलकण्डका १,२ र ८ देखि १३ नम्बर वडासम्म समेटिएको छ । स्थानीयतहनिर्वाचनमायहाँएमालेको मत परिणाम पहिलो नम्बरमा देखिन्छ । एमालेको पक्षमा १६ हजार ५ सय ७मत खस्दा कांग्रेसले भने १५ हजार ७ सय ६३ मतपाएको थियो । यो निर्वाचन क्षेत्रमा स्वतन्त्रउम्मेदवारले थोरै मात्रभोट काट्ने भएपनितीव्र प्रतिस्पर्धा भने डा.भट्टराई र थापाबीच नै हुने देखिन्छ ।