Breaking

चुनाव संसदको एजेण्डा स्थानीय तहका जस्ता ! आफूले कति वजेट ल्याए भन्ने प्रमाणित गर्न नेताको जुहारी


काठमाडौँ — चुनावीअभियान र प्रचारप्रसारका लागिअहिले आफ्नो निर्वाचन क्षेत्रमा रहेका उम्मेद्वारहरु जनमतआफ्नो पक्षमापार्न युद्धस्तरमालागि परेका छन । वैदेशीक रोजगारी देखि वालुवाटारमा सहजपहुँचसम्मकाआश्वासनमादिनव्यस्तउनीहरुकाएजेण्डाहरु भने स्थानीयतहको जस्ता छन् ।

निर्वाचननजिकिदै जाँदादल र उम्मेद्वारहरु आआफ्ना एजेण्डा सहितमतदाताकामाजाने तयारीमा छन ।निर्वाचनआउनएक महिनामात्र समय रहेको अवस्थामाप्रमुखदलले चुनावी घोषणापत्रलाई भने खासै महत्वदिएको देखिँदैन । नेकपाएकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि घोषणापत्र जनता समक्षल्याएकाछैनन् भने अधिंकाशउम्मेद्वारहरु विकासको दुहाई दिएर तथाविपक्षीलाई गाली गरेर मतआफ्नो पक्षमापार्ने दाउमा छन ।

संसद नितिनिर्माणको थलो भएपनि संसद विकास कोषकै व्यवस्था गरेर विकासे संस्थाका रुपमा स्थापितगर्न लागि परेका दलहरु यसैको धङधङीभन्दामाथि उठ्न नसकेका हुन ।फलत उम्मेद्वारहरु आफू सांसद भए कस्तो नितिनिर्माण गर्ने वाआफ्नो पार्टीको लक्ष्यप्राप्तिकालागि के गर्ने भन्दापनिउनीहरु आफूले कतिवजेट आफ्नो क्षेत्रमापार्न सक्छु भन्ने सपना वेचिरहेका छन । यतिमात्रनभएर दोहोरिएकाअनुहारहरु के विकास गरे भनेर विपक्षीले प्रश्न रआफूले कतिवजेटआफ्नो क्षेत्रमाखन्याएभन्ने प्रमाणित गर्न जुहारी चलिरहेको छ ।

यसैको उपजकांग्रेसआगामीनिर्वाचनको घोषणा पत्रमापनिस्थानीयतहकै एजेण्डालाई निरन्तरतादिने तयारीमा छ ।एमाले अध्यक्ष केपीशर्मा ओलीको भाषामा भाडाका वुद्धिजिवी लगाएर लोकप्रिय नारा निर्माणमै कांग्रेस व्यस्त छ । यसै साता घोषणापत्र सार्वजनिकगर्ने तयारीमा रहेको एमाले पनिविगतकै घोषणापत्रलाई पनिआधार बनाएको छ । आफ्ना निति अनुसन्धान प्रतिष्ठानको गहिरो अध्ययनबाट प्राप्तनिष्कर्षलाई घोषणापत्रमा समेटिने उसको दावीकाविचउम्मेद्वारहरु भने आफ्नो पालामाकुन सडकबनाउने र कुन टावर बनाउने भन्नेमै व्यस्त देखिएका छन ।

अर्थातविकास आयोजनामाभइरहेको ढिलासुस्ती,गुणस्तरकाप्रश्नतथाअलपत्रअवस्थामापुग्न बाट बचाउने कस्ता नितिबनाउआफूले पहलगर्ने भन्दाकुनआयोजनानिर्माण गर्ने भन्ने कुरा उनीहरुकाप्राथमिकतामा परेका छन ।यसैको उपज ठुला नेताआफ्नो क्षेत्रमाआए ठुलो बजेट पर्ने आशामामतदाताभोट हाल्ने पक्षमा देखिन्छन भने सिफारिस पाउने आशामाकार्यकर्ता देखिन्छन ।यसलेआफ्नो जिम्मेबारी नितिनिर्माणका विषयभन्दाविकास निर्माणको सस्तो नारा वेच्नउम्मेद्वारहरुलाई प्रेरित गरिरहेको छ।

राष्ट्रिय योजनाआयोगकापूर्वउपाध्यक्षतथाएमाले नेताडा. पुष्पराज कँडेल पनियसलाई अस्वीकार गर्दैनन् । नेपालीमतदातानितिको वहसको अवस्थामानपुगिनसकेको बताउने उनीनिर्वाचनमा केहि निलस्मी सपना वेच्नुपनिआवश्यक रहेको टिप्पणी गर्छन ।कसले कस्तो नितिबनाउने भन्दा कस्ता विकास निर्माणका कार्यलाई उठाएको छ भन्ने कुरा नै आममतदाताको चासो रहने भएकोले पनियस्ता एजेण्डालाईसंगै लानु परेको उनको तर्क छ ।यद्यपीआफ्नो पार्टीले नितिलाई नै प्रधानबनाएको उनको दावी छ ।

हुन त निर्वाचनताका नेताले वालेका कुरा पुरा हुनेमाजनतापनिविश्वस्त छैनन् । कतिपयविश्लेषकहरुभने कार्यान्वयनतहमा रहेका र विकासे संयन्त्रले कामनगर्दा यसलाई पनि सांसदहरुले उठाउने गरेको बताउछन ।दह्रो नितिभन्दानेताको वोली नै चल्ने र उनीहरुकै प्रभावका कारण बजेट वितरण हुने प्रवृत्तीले समेत सांसद भनेका विकास ल्याउने संवाहकभएको आममतदातामापनिभ्रम छ । जसको मारमा स्वयमकमपहँुचभएका सांसदहरु पर्ने गरेका छन् ।